Loading... आजः शनिबार , श्रावण १२, २०८१

सौर्य ऊर्जामा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघले नेपाललाई सघाउने


अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघले नेपालमा सौर्य ऊर्जा प्रवर्द्धनका लागि प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। शुक्रबार ऊर्जामन्त्रीसहितको टोलीसँग यूएईमा भेटवार्ताको क्रममा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराले उक्त प्रतिवद्धता जनाउनुभएको हो।

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक क्यामेराबीच शुक्रबार भेटवार्ता भएको हो। भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गर्नुभएको थियो। भेटकै क्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि संघसँग सहकार्यको प्रस्ताव राख्नुभयो। अधिकारीले नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक ऊर्जा र संघबीच सहकार्य गर्न सकिने बताउनुभएको थियो।

जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सह्राहना गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सोही क्रममा महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको नेपालखबर अनलाइनले जनाएको छ।

Insert your Ads code here

हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै उहाँले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गर्नुभयो। मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रका लगानीका लागि अपिल समेत गर्नुभयो।

नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उहाँले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने उल्लेख गर्नुभयो। वर्षमा ३ सय ६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युतसँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको स्पष्ट पार्नुभयो।

सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रुपमा काम गरिरहेको उहाँको भनाइ थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!