Loading... आजः शनिबार , श्रावण १२, २०८१

स्थायीकरणको निम्ति कर्मचारीहरुमा धर्नामा


मिरिक, 24 अगस्त। दार्जीलिङको एकिकृत कर्मचारी संगठन मिरिक महकुमाले स्थायीकरणको माग गर्दै धर्ना प्रदर्शन शुरु गरेको छ। आज कृष्णनगर स्थित मत्स्य पालन विभाग कार्यालयमा सम्पन्न भएको पहिलो दिनको धर्नामा विभिन्न विभागमा कार्यरत अस्थायी कर्मचारीहरुको उपस्थिति थियो। धर्ना कार्यक्रममा अस्थायी कर्मचारीहरुले लामो समयदेखि भोग्दै आएको स्थायीकरणको समस्यालाई लिएर विरोध प्रदर्शन गर्नका साथै ज्ञापन पत्र पनि बुझाएका छन्। उनीहरुले धारावाहिक रुपमा विभिन्न कार्यालयमा धर्ना गर्ने जानकारी गराउँदै यो नै अन्तिम लडाई भएको स्पष्ट पारेका छन्। यसरी केन्द्रिय समितिले घोषणा गरे अनुरुप मिरिक महकुमाले पनि धर्ना प्रदर्शन तथा ज्ञापन पत्र बुझाउने कामलाई महिनाको अन्तसम्म निरन्तर राख्ने भएको छ। मत्स्य पालन विभाग बाहेक अब आउने दिनमा अन्य विभागमा पनि यसरी नै प्रदर्शन गरिने र यदि धर्नाले पनि समस्याको सुनवाइ नभए संगठनले अर्को महिनाबाट प्रभावकारी तर गणतान्त्रिक हिसाबमा आफ्नो मागको उठान गर्ने जानकारी संगठनका महकुमा अध्यक्ष लिलन गुरुङ दिएका छन्। आफुहरुको एक मात्र माग स्थायीकरण रहेको पनि उनले जनाए। पत्रकारहरुसँगको अन्तर्क्रियामा संगठनको पक्षबाट बोल्ने क्रममा संगठनका मिडिया प्रभारी डीपी शेर्पाले जिटिए अधिनस्थ विभिन्न विभागमा कार्यरत
पे-बेन्ड कर्मचारीहरुको हितको निम्ति यो महिनाको अन्तसम्म यसरी नै आन्तरिक रुपमा धर्ना गरिनेछ भने अर्को महिनाको १ तारिखदेखि जुलुस निकाल्ने साथै अन्य गणतान्त्रिक तरिकावाट आफ्नो मागको उठान गर्दै सरकार समक्ष राख्ने बताए। (मुस्कान खेसाङ राई)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!