Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

स्वच्छ पानी र हरियो पहाड स्वर्ण आ अर शानका वासिन्दाको सुखमय पहाड


हालैका वर्षहरूयता भित्री मंगोलियाको आ अर शान शहरले पर्यावरणीय पर्यटनको विकासबाट वनस्पति अर्थतन्त्रलाई विस्तार गर्दै वनस्पतिमा निर्भर भएर धनी बनाउने सम्पन्न बाटोतर्फ लम्केको छ। केही व्यक्तिले त्यहाँको रुखको बोक्रामा सुन्दर चित्र बनाएका छन् र चीन र विदेशतर्फ बिक्री गरेका छन्। केही व्यक्तिले वनमा थोप्ले हरिण पालेका छन्। “मानव र प्रकृतिको मेलमिलापयुक्त अस्तित्व”, “स्वच्छ पानी र हरियो पहाड स्वर्ण र रजत पहाड हुन्” भन्ने विकास धारणा त्यहाँ कार्यान्वयन गरिएको छ।

श्ये छाइ युन आ अर शान शहरको पाइ लाङ बस्तीको वनस्पति रितिरिवाज व्यवसायको विकास कम्पनी लिमिटेडका महाप्रबन्धक हुनुहुन्छ। उहाँले शन चन शहरमा दश वर्षसम्म बस्नुभएको थियो। सन् २०१५ मा उहाँ जन्मथलो फर्कनुभयो। सन् २०१८ मा उहाँले उक्त कम्पनीको जिम्मा लिएर काम गर्न थाल्नुभयो। उहाँको कम्पनीले पैचिङ पोशाक विश्वविद्यालयसँग सहयोग गरी पहिले रुखको बोक्रामा चित्र बनाएर नयाँ शैलीको नवीकरण गरेको थियो। सन् २०१९ मा उहाँको कम्पनीको कारोबार रकम छ लाख चिनियाँ युआन पुगेको थियो। चालु वर्ष कोरोना भाइरस महामारीबाट प्रभाव परेका अवस्थामा हालसम्म कारोबार रकम छ लाख चिनियाँ युआन पुगिसकेको छ।

Insert your Ads code here

आ अर शानका वासिन्दाहरू वनस्पतिमा निर्भर भएर धनी बनेका छन्। स्वच्छ पानी र हरियो पहाड स्थानीय वासिन्दा भर पर्ने सुखमय श्रोत-साधन बन्दैआएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!