Loading... आजः शनिबार , श्रावण १२, २०८१

स्वदेश फर्कने नेपालीहरुको तथ्याङ्क राख्न सुरु


वैदेशिक रोजगारीको प्रक्रियामा आबद्ध हुने नेपालका १९ निकाय तथा संस्थाहरूवैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफआईएमएस)मा आबद्ध भएका छन्। यो आवद्धतासँगै म्यानपावरको रोक्का, युवा भर्ना तथा छनोट, कल्याणकारी, बिमा राजस्व, दस्तुर, धरौती, श्रम स्वीकृति प्रक्रिया, श्रम स्टीकर, अध्यागमन प्रक्रिया, मागपत्र प्रमाणीकरण लगायतका काम अनलाइनबाट हुने कारोबार अनलाइनले लेखेको छ। वैदेशिक रोजगारीको प्रक्रियामा आबद्ध हुने १९ निकाय तथा संस्थाहरूवैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफआईएमएस)मा आबद्ध भएका छन्। यो आवद्धतासँगै म्यानपावरको रोक्का, युवा भर्ना तथा छनोट, कल्याणकारी, बिमा राजस्व, दस्तुर, धरौती, श्रम स्वीकृति प्रक्रिया, श्रम स्टीकर, अध्यागमन प्रक्रिया, मागपत्र प्रमाणीकरण लगायतका काम अनलाइनबाट हुनेछ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रियालाई सरल, व्यवस्थित बनाइ ठगी नियन्त्रण गर्न हालसम्म १९ वटा सरोकारवाला नियकलाई अनलाइन सञ्जालमा आबद्ध गरेको हो। वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यविधि २०७६ लागू गरी विदेश जाने युवासँग सरोकार राख्नेमुख्य म्यानपावर, श्रम कार्यलय, बिमा, अध्यागमन र वित्तीय संस्था, अभिमुखीकरण र नियोग लगायतलाई एफएईआईएमएस सञ्जालमा आबद्ध गरेको हो। एफएईआईएमएसमा राहदानी विभाग, म्यानपावर, नियोग, स्वास्थ्य संस्था, बिमा कम्पनी, श्रम कार्यालय, वैदेशिक रोजगार बोर्ड, बैक, अभिमुखीकरण संस्था,श्रमिक, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, तालिम प्रदायक संस्था र कन्सुलर कार्यालयलाई आबद्ध गरिएको छ। युवाले वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउँदादेखि अध्यागमन पार गर्दासम्मका सरोकार राख्ने निकायबीचको अनलाइन आबद्धतालाई जोड्ने योजनाअनुसार हालसम्म सबैनिकायलाईसञ्जालमा जोडेको हो। सरकारले यही वर्षवैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यविधि कार्यान्वयनमा ल्याएर वैदेशिक रोजगारसम्बन्धी सेवा अनलाइन पद्धतितर्फ यसका सरोकारवाला संस्थाहरूबीचको आवद्धतालाई जोडेको हो।

यो प्रणालीमा आवद्धतासँगै म्यानपावरको रोक्का, युवा भर्ना तथा छनोट, कल्याणकारी, बिमा राजस्व दस्तुर, धरौटी, श्रम स्वीकृति प्रक्रिया, श्रम स्टीकर, अध्यागमन प्रक्रिया, मागपत्र प्रणालीकरण लगायतका सबै प्रक्रिया अनलाइन प्रणालीअनुसार गर्नुपर्ने अनिवार्य नियम बनेको छ। स्वदेश फर्कने नेपालीको तथ्यांक रहनेनेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कति छ भन्ने एकिन तथ्यांकनभएपनि २००० को अप्रिल २९ देखि हालसम्म करिब ६३ लाख श्रम स्वीकृति जारी भएको देखिन्छ। तथ्यांकमा बैदेशिक रोजगारीमा गएका युवाको मात्र संख्या हुने र फर्कनेको संख्या नहुने समस्या रहेको थियो। अब स्वदेश फर्कने नेपालीको समेत तथ्यांक रहने गरी अध्यागमन विभागले काम सुरु गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिनुभयो।

Insert your Ads code here

“वैदेशिक रोजगार विभागले अध्यागमन विभागसँग डाटा सेयरिङ र इन्टिग्रेसन गरेपछि अब कुनै व्यक्ति नेपालको अध्यागमनबाट जुनसुकै प्रयोजनका लागि बाहिर गए पनि आए पनि हामीसँग तथ्यांक हुनेछ,” महानिर्देशक भुसालले भन्नुभयो,”अब कति नेपाली भारत बाहेकका देशमा छन् भन्ने कुराको वास्तविक सूचना संकलन हुनेछ।”अध्यागमनसँग सूचना प्रणालीको एकीकरण गर्न वैदेशिक रोजगार विभागले २०७६ असार २० गते नै प्राविधिक तयारी पूरा गरी अध्यागमन विभागलाई पत्राचार गरेको थिया।

भुसालका अनुसार विमानस्थलमा रहेको वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट हेरिने र परीक्षण गरिने कागजातहरू अध्यागमन विभागको नेपाली पोर्टबाटै परीक्षण गर्न सकिनेछ। विभागले छोटो अवधिमै अनलाइन टोकन, श्रम स्वीकृतिको जानकारी मोबाइल मेसेजिङ सेवाबाट प्रदान गर्ने, पुरानो कागजमा छापिने श्रम स्टीकरको साटो बारकोडमा आधारित श्रम स्वीकृतिको निस्सा श्रमिकको इमेलमै जाने व्यवस्था यस अघि नै गरिसकेको छ। अनलाइन कागजात प्रमाणीकरण, अनलाइन आवेदन प्रणाली, अनलाइन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी, अनलाइन पूर्व स्वीकृति, अनलाइन छनोट सूची प्रकाशन र अनलाइन अन्तिम श्रम स्वीकृतिको व्यवस्था पनि गरिसकेको विभागले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!