Loading... आजः शनिबार , श्रावण १२, २०८१

स्वास्थ्यको रक्षा संसाधन पाएपछि तिमी चियाबारीका मजदूरहरूले टिप्न थाले फस्ट फ्लस


गान्तोक, 6 अप्रेल । हिमाली राज्य सिक्किमको एक्लो जैविक चियाबारी तिमी चियाबारीमा अहिले वसन्तको पहिलो पत्ती फर्स्ट फ्लसको टिपाई धमाधम भइरहेको छ। विश्व महामारी कोविड-19 को त्रासले केही दिन काम बन्द गरे पनि अहिले श्रमिकहरू सामाजिक दूरी र स्वच्छता अनि सुरक्षाको पूर्ण प्रयोग गर्दै काममा निस्किएका छन्। राज्य सरकारले पनि स्वास्थ्यको सबै सुरक्षा व्यवस्थाको प्रत्याभुति दिएर आवश्यक माक्स, सेनिटाइजर र स्वास्थ्य सम्बन्धि मानदण्ड पुऱ्याएर मजदूरहरूलाई काममा जानसक्ने सहज स्थिति सिर्जना गरेको कामदारहरू बताउँछन्। पत्तिको पहिलो टिपाई व्यासायीक रूपमा निक्कै महत्वपूर्ण भएको कारण मजदूरहरूले आफ्नो हिउँदे पसिनाले सिचेर लहलह पारेको दुई पात एक सुइरो त्यसै खेरो नजाओस भन्ने सोचले अनि चियाबारीको आर्थीक विकासको 50 प्रतिशत आयस्तालाई खेरो नफाल्न यसरी मेलोमा निस्किएका छन्। भारत लकडाउऩको लगभग एक हप्ता घरैमा बसे पनि अहिले चियाबारीमा पत्ती टिप्न निस्किएका छन् भने कारखानामा नयाँ चियापत्ती धमाधम उत्पादन भइरहेको छ।

अर्कोतिर राज्य सरकारले पनि तिमी चियाबारीलाई लकडाउनबाट मुक्त राख्ने अधिसूचना जारी गरेर गत 27 मार्चदेखि विशेष दिशानिर्देश जारी गरेको छ। यसैगरि श्रमिकहरूलाई दैनिक रूपमा प्रदान गरिने 3 सय रूपियाँको रोजलाई दोब्बर पनि गरिएको कारखानामा कार्यरत कर्मचारीहरूले बताए। अहिले सम्बन्धित निकायबाट आवश्यक स्वास्थ्य सुविधा र जरूरी संसाधन प्राप्त भइरहेको हनाले आफूहरू काममा ढुक्कै निस्केको पनि उनीहरूको मन्तव्य छ। उल्लेखनीय छ तिमी चियाको जैविक स्वाद विशिष्ठ वास्ना र गुणको कारण विश्व बजारमा ठूलै माग रहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!