Loading... आजः शनिबार , श्रावण १२, २०८१

स्वास्थ्यमन्त्रीकाे सक्रियतामा काेराेनाका नाममा नीतिगत भ्रष्टाचार


कोरोना भाइरस (कोविड १९) को संक्रमण सुरु भएको ३ महिनासम्म पनि सरकारले परीक्षण किट्स, मास्क, पीपीई, हातेपञ्जा जस्ता अत्यावश्यक मेडिकल सामग्री खरिद गर्न आवश्यक ठानेन र कुनै पहल तथा अावश्यक भेटघाटपनि गर्न अावश्यक ठानेनन्। भनिन्छ पछिल्लोसमय मन्त्रीले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि पर्दा पछाडिबाट सघाइरहेका छन्। यसैगरी ई-सेवाका पार्टनर तथा प्रमका अाईटी सल्लाहकार अख्तर अलिकाे समर्थनमा विशाल पण्डितलाई नाङ्गिएर कमिशनका लागि नीतिगत भ्रष्टाचार गरी खरीदकाे जिम्मेवारी दिने काम गरेका छन्। देशमा जनता काेराेनाकाे महामारीले त्रसित र अातंकित भइरहेका बेला स्वास्थ्यमन्त्री कमाउधन्दामा लागेपछि चाैतर्फी अाक्राेश बढेको छ। जनताले नेपाल कम्यूनिष्ट पार्टीका नेताहरूले यसरी भइरहेको खुला भ्रष्टाचारका सम्बन्धमा कस्तो कदम चाल्छन भनेर धैर्यताका साथ पर्खिरहेका छन्।

बारम्बार मन्त्रालय मातहतका निकाय र चिकित्सकहरुले अनुरोध गर्दा पनि मन्त्रीले टेरेनन्। कोरोना भाइरस संक्रमित ४ जना बिरामी देखिएपछि सरकारले सम्पर्कमा रहेका एजेण्टमार्फत पहिला जर्मनी लगायतका देशबाट सामान खरीद गर्ने प्रयास गरेको थियो। असम्भव देखिएपछि चीनबाट सामान खरिद गर्ने तयारी शुरु गरेको हो। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक राखेका थिए। बैठकमा सहभागी हुन गएको चीनको सरकारी कम्पनीका प्रतिनिधिलाई सहभागी हुन नदिइकन केही नजिमका सप्लायर्स सँग छलफल गरेका थिए। तर मन्त्री ढकालले हस्पिटेक इन्टरप्राइजेज र बायोमेड इन्टरनेशनलका सञ्चालक विशाल पण्डितले मात्र पीपीई, किड्स, मास्क जस्ता मेडिकल सामग्री ल्याउन सक्ने भन्दै अरुको कुरा नै नसुनेको बैठकमा सहभागी स्रोतले बताएको छ। बैठकअघि नै स्वास्थ्यमन्त्रीका नजिकका भनेर चिनिने डा. सागर, स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, खरीद विभागका निर्देशक भाेगेन्द्रराज डाेटेल, मन्त्रीका सल्लाहकार खेमबहादुर कार्की लगायतले कमिशन र प्रक्रिया अादिका बारेमा सेटिङ मिलाइरहेकाे स्वास्थ्य मन्त्रालयमा हल्ला चलिरहेको थियो। यस बारेमा मन्त्री ढकालसँग जानकारी लिन मन्त्री ढकालसँग भेट गरेर खरीद प्रक्रियाबारेमा जिज्ञासा राख्दा उनले महानिर्देशक महेन्द्र श्रेष्ठलाई भेट्न अह्राएका थिए। हाम्रो सामु चिनियाँ कम्पनीका प्रतिनिधिले मन्त्रीलाई सरकारले प्रक्रिया पुरा गरेको २४घण्टाभित्र सामान कम्पनीको दररेटमा उपलब्ध गराउने बताउँदा पनि मन्त्रीले कुनै चासो दिएनन्। स्वास्थ्य मन्त्रालयका सचिव यादव भट्टराईलाई भेट्दा उनले तिमी शब्द प्रयोग गर्दै: “म सिंहदरबार जाने काम छ यिनीहरूकाे कुरा सुन” भनेर त्यहाँ उपस्थित कर्मचारीलाई अह्राएर उनी अाफ्नाे कार्यकक्षबाट बाहिरिएका थिए। प्रधानमन्त्रीका अाईटी सल्लाहकार, स्वास्थ्यमन्त्रीका सहयोगी डा. सागर, विशाल पण्डितकाे मिलेमतोमा कमिशनका लागि राष्ट्रलाई घाटा पुग्ने काम स्वास्थ्यमन्त्रीले गरेका छन्।

यसबारेमा महानिर्देशक महेन्द्र श्रेष्ठलाई बुझ्न फाेन गर्दा मन्त्रालयमा मिटिङ भइरहेकोले त्यहीँ जान भनेका थिए। यसबारेमा बुझ्दा उपकरण ल्याउन चीनको ग्वाङजाओका लागि नेपाल एयरलाइन्सको जहाज उडिसकेको बुझियाे। केहि सामान टेण्डरबाट ल्याइने भएपनि २४ घण्टाको सूचनामा नेगोसियसन गरि कम्पनीहरु छनौट गरेको श्रेष्ठले बताए। सबैभन्दा कम मुल्य राखेको चीनको कम्पनीलाई भने मिटिङमा बाेलाइएन। गएका प्रतिनिधिलाई पनि प्रवेश गर्न दिइएन। ओम्निटेक सहित अर्को एक प्राइभेट चिनियाँ कम्पनीसँग सम्झौता भएको देखाइएको छ।ओम्निटेक तुलहरी सिंह र सुमन सिंहको कम्पनी हो।

स्वास्थ्य मन्त्रालयले करिब १ अर्ब ५० करोड रुपैयाँमा पीपीई, किड्स लगायतका मेडिकल सामग्री खरिद गर्दैछ। यसमा विशाल पण्डितले आफ्नो संस्थाबाट खरिद गर्दा विवादमा पर्ने भएपछि अन्य ब्यापारीको फर्मबाट सप्लाई गर्ने तयारी गरे अन्तर्गत ओम्नीटेक र एक चिनियाँ कम्पनी छानिएको स्रोतको दावी छ। पण्डितका कम्पनीहरु यसअघीका उपकरण खरिदमा अनियमितता र विवादमा तानिएर अख्तियारमा समेत उजुरी परेकाले उनले ओम्नीटेकलाई अघी सारेको मन्त्रालय स्रोतको दावी छ। सबै मेडिकल सामानको ठेक्का पण्डितकै योजनामा मन्त्री ढकालले दिलाएको हुन्। स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ५ हजार रुपैयाँमा खुद्रा किन्न पाइने पीपीईलाई पण्डितले १५ हजार रुपैयाँ दररेट राखेका छन्। यसमा करोडौं रुपैयाँको चलखेल भएको बताइन्छ।

Insert your Ads code here

समय छोटो भएकाले बोलपत्र गर्न नसके पनि सप्लायर्सहरुबीच कोटेसन माग्दा मन्त्रालले एक सेट पीपीई ५ हजार रुपैयाँभन्दा कम मूल्यमा दिन तयार धेरै रहेका थिए। थोकमा धेरै लिंदा बढीमा ४ हजारमा पीपीई पाइन्छ। त्यसमा पनि पर्याप्त मुनाफा छ। तर कोटेसन नै नमागी सिधै एक सेटको १५ हजार रुपैयाँमा पण्डितको योजना अनुसार खरिद गर्न लागिएको छ। मन्त्री ढकालले लामो समयसम्म सक्रियता नदेखाई अन्तिम घडीमा हतार हतार आफू निकटलाई मेडिकल सामग्री ल्याउने ठेक्का दिने निर्णय गराई घोटाला गर्न लागेको मन्त्रालय स्रोत बताउँछ।

कोरोना संक्रमण रोक्न फाष्टट्रयाकमा खरिद गर्नु आवश्यक छ, तर सप्लायर्सहरुबाट कोटेसन लिएर सबैभन्दा सस्तो किन्नुपथ्र्यो। तर अपारदर्शी रुपमा ४ हजारमा पाइने सामान १५ हजारमा खरिद गर्न लागिएको मन्त्रालय स्रोतको दाबी छ। १ हजार ५ सय पर्ने थर्ममिटर गनलाई ७ हजारमा मन्त्रालयले खरिद गर्न लागेको छ भने १ रुपैयाँ ४० पैसा पर्ने सामान्य मास्कलाई १० रुपैयाँका दरले खरिद गर्न लागिएको मन्त्रालय स्रोत बताउँछ। सामानमा पनि तेब्बर बढी रेट राखी सप्लाई गर्ने गरी पण्डितले सेटिङ मिलाएका छन्। कोरोना महामारी पण्डित सहितका केहि व्यक्तिका लागि करोडौं मुनाफा गर्ने मौका बनेको छ। यसमा मन्त्रालयदेखि माथिसम्म २० करोड भन्दा बढीको चलखेल भएको मन्त्रालय स्रोत बताउँछ।

चिनियाँ कम्पनीले सरकारलाई दिएको लिष्ट:

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!