Loading... आजः शनिबार , श्रावण १२, २०८१

स्वास्थ्य तथा आर्थिक कार्यक्रमलाई निरन्तरता दिन विश्व बैंकलाई अनुरोध


अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगका लागि विश्व बैंकसमक्ष अनुरोध गर्नुभएको छ। विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे खतिवडाले शुक्रबार छलफल गर्नुभएको हो।

भिडियो कन्फरेन्समार्फत भएको छलफलमा नेपालले आगामी दिनमा स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यावसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजना कार्यान्वयनमा जोड दिएको र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताउँदै सहयोगका लागि खतिवडाले अनुरोध गर्नुभयो। कोभिड–१९ ले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको र थप पार्न सक्ने प्रभाव, कोभिड नियन्त्रणमा सरकारले हालसम्म चालेका कदम तथा विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । छलफलमा विश्व बैंकका उपाध्यक्ष सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्वनिर्धारित लक्ष्यको तुलनामा राम्रो रहेको र दक्षिण एसियामा उत्कृष्ट भएको बताउनुभयो।

नेपाल जस्ता कम विकसित मुलुकले सामना गरिरहेको आर्थिक स्रोतका अभाव परिपूर्ति गर्न हालको स्रोत पर्याप्त नहुने र त्यसलाई वृद्धि गर्न वित्तीय ऋणको तिर्नुपर्ने साँवाब्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकले डेभिड मालपासको सक्रियतामा विभिन्न दाता सदस्य राष्ट्रसँग पहल गरिरहेको उहाँको भनाइ छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!