बर्दिया राजापुर
बिराट नेपाल मेडिकल ट्रष्टद्धारा राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आज स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
संकटको चरणबाट प्रभावित समुदायहरुलाई आपतकालीन सहयोग कार्यक्रम अन्तगत टिबीका विमारी तथा कोभिड १९लाई मध्येयनजर गदै बिराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।
बिराट नेपाल मेडिकल ट्रष्ट बर्दिया संयोजक निलिशा न्यौपानेद्धारा राजापुर स्वास्थ्य शाखा संयोजक गणेश अर्याल मार्फत राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पिपिई ४० थान.सर्जिकल माक्स १०००पिस, पंजा १० प्याकेट, ९५ माक्स ५० पिस, फेसिल्ड ५० पिस,२०० एमएल हेन्ड सेनिटाईजर ५० पिस, ५०० एमएल हेन्ड सेनिटाईजर १० पिस प्रदान गर्नु भएको छ ।
बिराट नेपाल मेडिकल ट्रष्ट बर्दिया संयोजक निलिशा न्यौपानेले बर्दिया जिल्लाका ८वटा तहका १० स्वास्थ्य सस्थालाई सोही अनुसारको ७ लाख बराबरको स्वास्थ्य समाग्री र प्रदान गरेको बताउदै ८ वटै तहका टिबीका विमारीका लागि २५० थान हाइजेनिक किटको व्यवस्था गरेको जानकारी दिनु भएको थियो ।