Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

स्वास्थ्य सामग्री ल्याउन सहकार्य र सहजीकरण गरिदिन नेपालद्वारा चीनलाई आग्रह


कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी स्वास्थ्य सामग्री र औषधि ल्याउन सरकार सरकारबीच सहकार्य तथा सहजीकरण गरेर सहयोग गरिदिन नेपालले चीनलाई आग्रह गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गर्दै नेपालले जीटुजी प्रक्रियामार्फत खरिद गरेर ल्याउन लागेको औषधि र स्वास्थ्य सामग्रीलाई सहजीकरण गरिदिन आग्रह गर्नुभएको कान्तिपुर अनलाइनले जनाएको छ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनालाई जीटुजी प्रक्रियामार्फत आवश्यक औषधि र स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिएको हो। त्यहीअनुसार सेनाले परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कुटनीतिक नियोगहरू हुँदै पाँच मुलुकलाई पत्राचार गरेको थियो। उक्त सुचीमा चीन पहिलो नम्बरमा थियो। नेपालले चीनबाट स्वास्थ्य सामग्री र औषधी दुवै ल्याउने सूची तयार गरी पठाइसकेको छ। त्यही सूचीअनुसार चीनले गोन्जाउमा केही दिनमा सामग्री जम्मा गरिदिने र त्यहाँबाट नेपालले ल्याउने सेनाले जनाएको छ।

Insert your Ads code here

जवाफमा वाङले पनि नेपालले जीटुजी प्रक्रियामार्फत खरिद गरेर ल्याउन लागेको औषधि र स्वास्थ्य सामग्रीको लागि चीन सरकारले सहकार्य र सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। दुई मन्त्रीबीचको वार्ता पछि विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त कुराको जानकारी गराएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!