Loading... आजः मंगलबार , मंसिर १८, २०८१

स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्स क्वाङ्चौ आउने


नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि सोमबार चीन जाने भएको छ। पहिलो लटको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर क्वाङ्चौ तयार भएपछि सोमबार साँझ वाइडबडी जान लागेको हो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो, ‘भोलि बेलुकी जाने विमानले पर्सि १८ टन स्वास्थ्य सामग्री ल्याउनेछ।’

अनलाइन खबरका अनुसार पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनसल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन९५ मास्क, ग्लोब्स लगायतका सामाग्री यो लटमा आउने छ।

जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताएपनि आएन। भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

Insert your Ads code here

यसैबीच चीनको क्वाङ्चौबाट २२, २४ र २५ वैशाखमा काठमाडौंका लागि हिँडेको सेनाको कन्टेनरले शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ। तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न १० वटा ट्यांकरलाई १३ दिन लागेको थियो। तीन कन्टेनरमा क्रमशः ११०, १३० र ३९९ सीयूएम स्वास्थ्य सामग्री थिए। सेनाले वैशाख पहिलो साता सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो। सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!