स्वास्थ्य सिविरमा ६४१ जनाले सेवा लिए
कातिक ५
बर्दिया राजापुर
राजापुर नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनमा विशेषज्ञ डाक्टर सहित निशुल्क स्वास्थ सिबिर बर्दियाको राजापुरमा सुक्रबार संपन्न भएको छ।
राजापुर नगरपालिका वार्डनं ४ अमर सहिद दशरथ चन्द्र माबिको खेल मैदानमा लागेको शिबिर बिहान ९ बजे देखि बेलुकी ५ बजे चलेको थियो ।
बाढी प्रभावित क्षेत्रमा जनतालाई सहयोग गर्ने मनसायले सो सिबिर आयोजना गरिएको थियो । केही दिन अगाडी नेपाली सेना श्री ४ नं बाहिनी अड्डाका बाँकेका सहायक रथी उत्तम कुमार बिस्टको निर्देशनमा बज्रदल गण राझा बाँकेका गणपती श्याम आत्रेय पौडेल, सेनानी शिव थापा सहितको टोलिले स्थलगत अध्ययन गरि नगर प्रमुख दिपेश थारुको सल्लाह अनुसार सो सिबिर संन्चालन भएको थियो । सो स्वास्थ्य शिबिरमा जनरल फिजिसियन सेवा, प्रसुती तथा महिला रोग संबंधी सेवा, छाला तथा यौनजन्य रोग संबंधी सेवा, अन्य स्वास्थ्य संम्बधी सेवा प्रदान गरिएको थियो । जेष्ठ नागरिक राजापुर ८ का ८५ बर्षिय मान बहादुर थारुको स्वास्थ्य जाँच गरि सुरु भएको सिबिरमा जनरल स्वास्थ सेवामा ४८७ जना, महिला तथा स्त्रीरोग सेवामा ५५ जना, छालारोगका १०८ जना गरि कुल ६४१ जनाले सेवा लिएका थिए । सोही सिबिरमा ल्याबसेवा ५० जना, एक्सरेसेवा ४० जना, इसिजी सेवा १० जनाले लिएको सो सिबिर ब्यबस्थापनमा खटिएका सेनानी शिव थापाले जानाकारी गराउनु भयो । सो शिबिर ब्यबस्थापन गरि सफल बनाउन सहयोग गर्ने राजापुर नगरपालिका स्वास्थ शाखा, नेपाली सेना, भेरी अस्पताल बाँके, जिल्ला अस्पताल गुलरिया, संपुर्ण स्वास्थकर्मी, प्राथमिक स्वास्थ, केन्द्र राजपुर औषधि उपलब्ध गराउने केयर नेपालको सहयोगमा बि– ग्रुप बाँके प्रती नगर प्रमुख दिपेश थारुले हार्दिक आभार व्यक्त गर्दै यस्तो खालको सहयोग समन्वयको निरन्तर अपेक्षा व्यक्त गर्नु भयो । उहाँले एक दिन अगाडि देखि खटिएर कुशल ब्यबस्थापन गर्ने संपुर्ण नेपाली सेना र टिम लिडर सेनानी शिव थापा प्रती विशेष धन्यवाद व्यक्त गर्नु भयो । सो शिबिर अपेक्षा भन्दा निकै प्रभाबकारी भएको शिबिर सफल बनाउन सहयोग समन्वयका लागि सबैलाई धन्यवाद दिदै फेरि पनि जनसमुदाय बिच यस्तै सामाजिक सेवाका कार्यक्रम लिएर आउने नेपाली सेनाका गणपति श्याम आत्रेय पौडेलले प्रतिबद्धता व्यक्त गर्नु भयो । नेपाली सेना श्री ४ नं बाहिनी अड्डाका बाँकेका सहायक रथी उत्तम कुमार बिस्टले शिबिरको अनुगमन गर्दै शिबिर अत्यन्तै सफल भएको सहकार्यका लागि सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । सो शिबिरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको पनि उपस्थिति रह्यो । यो स्वास्थ शिबिर धेरै नै लाभदायक रहेको आउँदा दिनमा यस्ता खालका काम गर्न हामिलाई उत्साह बढेको भन्दै फेरि पनि अर्को स्थानमा यस्तै खालको स्वास्थ शिबिर संन्चालन गरिने कुरा नगर प्रबक्ता तथा ६ नं वार्ड अध्यक्ष असराज न्यौपानेले बताउनु भयो । नेपाली सेना राष्ट्रिय सुरक्षामात्र नभएर बिपदमा जनताको सेवामा, बिकास निर्माणमा सक्रिय हुदै आएको छ । नेपाली सेनाका यस्ता खालका सामाजिक कामले नेपाली सेना स्थानीय सरकार र जनताबिचको संबन्धलाई अत्यन्तै सुमधुर बनाउने प्रतिक्रिया स्थानीयहरुको रहेको छ ।