Loading... आजः शनिबार , श्रावण १२, २०८१

हरियो चियापत्तीको यस वर्ष अहिलेसम्मकै उच्च मूल्य


हरियो चियापत्तीले यस वर्ष अहिलेसम्मकै उच्च मूल्य पाएको छ । झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । सीटीसी चियाको हरियो पत्तीले अहिलेसम्म यो मूल्य पाएको थिएन । सबैभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको चिया उद्योगी बताउँछन्।

साउन महिना चियाको मध्य सिजन हो । ठूलो संख्यामा हरियो पत्ती उत्पादन हुने भएकोले असार–साउनमा चियापत्तीले खासै मूल्य पाउने समय होइन । तर, यस वर्ष कम मूल्य पाउने सिजनमै इतिहासकै सबैभन्दा उच्च मूल्य पाउँदा चिया किसान उत्साहित बनेका छन् ।

स्टार टि इन्डस्ट्रिज भद्रपुरका सञ्चालक शिवकुमार गुप्ताले हरियो पत्तीले यो वर्ष इतिहासकै सबैभन्दा बढी मूल्य पाइरहेको बताउनुभयो। भारतीय बजारमा नेपाली चियाको माग बढेकोले हरियो पत्तीको मूल्य पनि बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य हर्क तामाङले बताउनुभयो।

Insert your Ads code here

तयारी चियाको मूल्य पनि यस वर्ष निकै बढेको छ। भारतीय व्यापारीले तयारी चिया प्रतिकेजी २५० देखि ३ सय रुपैयाँसम्ममा खरिद गरिरहेका छन्। यो मूल्य गत वर्षको तुलनामा दोब्बर हो। गत वर्ष तयारी सीटीसी चिया प्रतिकेजी एक सयदेखि १३० रुपैयाँमा मात्र बिक्री भएको थियो।

चियाको मूल्यवृद्धि भएकै वर्ष उत्पादनमा भने ह्रास आएको कान्तिपुर अनलाइनले लेखेको छ। लकडाउन र मौसमका कारण यस वर्ष बगानमा हरियो चिया पत्तीको उत्पादन ५० प्रतिशतले घटेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!