Loading... आजः आइतबार , बैशाख १४, २०८२

हरेक विषम परिस्थितिमा खट्ने प्रहरीलाई विभेद गर्नु अन्याय


गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयले नेपाल प्रहरी र फ्रण्टलाईन अर्थात अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीलाई विभेद गरेको छ। उक्त बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि ७० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। तर कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मी र अन्य अग्रपंक्तिमा काम गर्नेलाई भने प्रोत्साहन स्वरुप केहि पनि व्यवस्था सरकारले गरेको छैन।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत भत्ता दिने सिफारिस गरि रहदा प्रहरीलाई भने विभेद गरेको हो। भुइचालो जाँदा प्रहरी। चोरी हुँदा प्रहरी। आतंक फैलिंदा प्रहरी। केहिँ जुलुस अथवा विरोध प्रदर्शन भयो प्रहरी। तर हरेक विषम परिस्थितिमा खट्ने प्रहरीलाई विभेद गर्नु अन्याय हो। यतिबेला प्रहरी सडक सडकमा र टाेलटाेलमा परिचालित छन्। उनीहरूकाे प्रत्यक्ष सम्पर्क जनतासँग हुन्छ। ट्राफिक प्रहरी हाेस वा जनपद प्रहरी। यी दुईथरी बाहेक सशस्त्र प्रहरी समेतकाे स्वास्थ्य निकै जाेखिममा छ। साेधपुछ गर्दा हाेस वा अन्य कारणले प्रहरीले प्रत्यक्ष सम्पर्क गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा काेराेना संक्रमित मानिससँग सम्पर्क हुन गएमा उ कसरी सुरक्षित हुनसक्छ? यतिबेला काठमाडौंका सडकमा खटिएका प्रहरीले सामान्य मास्क प्रयोग गरेको देखिन्छ। कतिपयले त्यो प्रयोग गरेका छैनन्। कतिपय प्रहरी अाफ्ना परिवारसँगै बस्छन् भने धेरैजसो ब्यारेकमा बस्छन्। एकजना संक्रमित भएको रहेछ भने उसले अरुलाई सार्न सक्ने खतरा पनि यथावत छ। अहिले नेपाल प्रहरीसँग डिउटीमा जानुअघि र डिउटी सकिएपछि उनीहरूलाई स्क्रिनिङ गर्ने उपकरण वा ब्यवस्था छैन। सडकमा डिउटी गर्दा हाेस वा भीडमा जाँदा असुरक्षित अवस्थामा परिचालित हुँदा संक्रमण हुने खतरा उच्च रहन्छ। यस्तो अवस्थामा उनीहरूलाई सुरक्षित मान्न सकिंदैन। निकै जाेशिलाे कर्तब्यनिष्ट ईमानदार र सकलदर्जाका आइजीपी ठाकुर ज्ञवालीले प्रहरीको स्वास्थ्य रक्षाका निमित्त अविलम्ब पहल गर्नुहुनेछ भन्ने विश्वास लिइएको छ।

सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरिसकेको छ। जसको कार्यान्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्। पछिल्लो समय कतिपय स्थानमा नेपाली सेनाले पनि गस्ती गरिरहेको देखिएको छ। देश संकटमा परेका बेला देश विरोधी शत्रुले माैका उठाउन सक्छन। दक्षिणतर्फ खुला सीमाना छ। काेही संक्रमित जानाजान अाएर प्रहरी वा सुरक्षाकर्मीसँग सहयोग माग्ने वा अन्य बहानाले सम्पर्क गरी काेराेना भाइरस सार्न सक्छ। यदि यस्तो दुर्घटना हुन गयो भने हामी नेपालीलाई रक्षा गर्ने, देश बचाउने कसले? यसतर्फ अहिलेका नेताहरूले ध्यान दिन सकेको देखिदैन। अहिले यो जिम्मेवारी नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका अाईजीपी ठाकुर ज्ञवाली र सशस्त्रका अाईजीपीकाे काँधमा अाएकाे छ। विदेशीले दिएको सहयोग दुरुपयोग गरेर ब्यक्तिगत जीवनस्तर समृद्ध बनाउन पल्केका भ्रष्टहरुभन्दा राष्ट्रसेवक सेना प्रहरी नै देशभक्त हुन्छन् भन्ने अाम नेपालीको बुझाइ र साेचाइ छ। सम्बन्धित सबै बेलैमा सचेत हाेअाैं र ईटाली तथा अमेरिका जस्तो महामारीमा फस्नबाट बचाैं।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!