Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

हात्तीको आक्रमणबाट ५४ वर्षिय महिलाको मृत्यु


बर्दिया,राजापुर

जंगली हात्तीको आक्रमणमा परी आईतबार दिउँसो एक महिलाको राजापुरमा मृत्यु भएको छ ।
भारतीय सिमा क्षेत्र नजिक रहेको राजापुर नगरपालिकावडा –९ की ५४ वर्षिय भुसिया थारुको मृत्यु भएको हो । महिला दशगजा स्थित बाख्रा चराउने क्रममा हात्तीले आक्रमण गरी ज्यान लिएको छ । हात्तीले दिउँसो ३ बजे आक्रमण गरेको हो ।
हात्तीले आक्रमण गरेको जानकारी पाउँनसाथ सिमा चौकी गोडियानाबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!