Loading... आजः शनिबार , श्रावण १२, २०८१

हात्तीसुँडे पानीले पश्चिम सिक्किमको दुईवटा समष्टिको सड़क सम्पर्क


गेजिङ,12 जुलाई। आइतबार बिहान परेको हात्तीसुँडे पानीले पश्चिम सिक्किमको प्राय जसो सडकहरु बन्द भएको छ। अधिकांश मुख्य सड़कहरू बन्द भए पनि प्राकृतिक प्रकोपको भवितव्यले कुनै ज्यान मालको भने क्षतिभएको पुष्टि भएको छैन्। दर्कने पानीले केही स्थानमा धनमालको भने क्षति भएको समाचार प्राप्त भएको छ ।पश्चिम सिक्किमको हि- पातल जिपियुको लोअर पेचेरेक र माझगाउँमा पहिरोबाट धेरै क्षतिग्रस्त भएको छ। यहाँको दुध सङ्कलन केन्द्र, मासु दोकान , पीएमजीएसवाई रोड, स्थानीय टी.बी. क्षेत्रीको कुखुरा फार्म अनि उनको सवारी साधन पहिरो पुरेको छ भने क्षतिग्रस्त बनाएको छ। घटनास्थलमा आज पञ्चायत अध्यक्ष एन.बी. क्षेत्री, खण्ड बिकास अधिकारी मार्ताम,पुलिस कर्मचारी र स्थानीय नागरिक समाजका सदस्यहरु प्रभावित क्षेत्रको भ्रमण गरि निरिक्षण गरेका छन्। यस्तै गरि पश्चिम जिल्लाकै याक्सोम – टासिडिङ समष्टि अन्तरगतको मुख्य पर्यटक स्थल फाम्ब्रुङ झरना र नजिकैको दुईवटा खहरे खोल्सा उर्लिन्दा सडक मार्ग पुर्णरुपमा बन्द भएको छ। यहाँबाट सडक खोल्न हप्ता दिन लाग्ने अनुमान लगाइएको छ। यसैगरी लाङ खोला , रिदाङ खोला ,चोङ्ग्राङ- टासिडिङ बीचको स्मृतिवन , दराप- पेलिङ बीच सिम्फेङ र रिम्बी योक्सोम सडक पुर्णरुपमा बन्द रहेको छ। सडक मार्गबाट विक्षेद भएपछि पश्चिम जिल्लाको याक्सोम ,टासिडिङ,गेरेथाङ कालापानी बनेको छ । यस्तै प्रकारले पश्चिमका अन्य गाउँसंग जोडिएका लिङ्क सडक र खहरे खोल्साहरु भत्किदा धेरै जसो मानिसहरूको अलैंची बारी र बारीको तुलफुल नष्ट भएको छ। अर्कोतिर याङते जिपियुका केही स्थानमा पनि भलबाढीले असर पारेको बताइएको छ। ( केएन शर्मा)

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!