हामीले जनता माझ बोलेका कुरा पुरा गदैछौ ः– नगर प्रमुख चौधरी
बर्दिया राजापुर
राजापुरनगरपालिका प्रमुख शिब प्रसाद चौधरीले निर्वाचनमा बोकेका अधिकांश कामहरु पुरा गदै आए रहेको बताउनु भएको छ ।
आईतबार राजापुर नगरपालिकाको वडा नं ५ नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गदै नगर प्रमुख चौधरीलै सो कुरा बताउनु भएको हो ।
प्रमुख अतिथी नगर प्रमुख चौधरीले ४ बर्ष अगाडी जनताहरुले नगरपालिकावाट सेवालिन राजापुर नगरपालिकाको कार्यालयमा नै आउनु पर्ने समस्या रहेको समयमा हामी जनप्रतिनिधीहरु निर्वाचित भई आएपछि बिकास निर्माणका कामहरु त्रिब्रगतीमा भएको बताउनु भयो, जनप्रतिनिधीको सफतग्रहण गरी आएको पहिलो बैठकले वडा कार्यालयहरु सबै वडामा निर्माण गर्ने, स्वास्थ्य शिक्षा लगायत जनताहरुलाई अति आवश्यक कामहरु वडास्तरबाटै उपलब्ध गराउने, त्यस्तै नगरपालिकाको सबै बाटाघाटाहरु हिलो मुक्त गर्ने निर्णयहरु भएको थियो त्यो अहिले पुरा हुदै गइरहेको बताउनु भयो । यस बर्ष सबै ठाँउहरुमा वडा कार्यालय बनाएर लैजान,े जनताहरुलाई हामीले सुसासन दिने भन्ने कुरा वडाहरुबाटै दिनु पर्ने भएकोले अब सबै वडाहरुमा जनताले पाएक पर्ने ठाँउबाट वडा कार्यालय स्थापना गर्ने तयारी भएको बताउनु भयो । वहाँले हामीले निर्वाचित भइआएपछि सुरुसुरुमा धेरै नितिनियम ऐन कानुन कार्यविधि बनाउने थियो त्यसमा पनि हामी अन्यौतानै थियौ त्यस अन्यौलतालाई चिदै अगाडी बढेको अहिले विकास निर्माणकाकामहरु धेरै पुरा भएको बताउनु भयो ।
विशिष्ठ अतिथी नगर उप प्रमुख मनकला कुमारी चौधरीले हामी निर्वाचन भए आएको पहिलो बैठकको पहिलो निर्णयनै नगरपालिका भित्र सुसासन कायम गर्न सबै वडाकार्यालय स्थापना गराउने भन्ने निर्ण गरेका थियौ त्यही अनुसार कामहरु पुरागदै आइरहेको अहिले ३ वडा वडा कार्यालय पुराइ सकेको र २ वडा वडा कार्यालयहरु निर्माणकार्य अन्तिम चरणमा रहेको , वडा १ र ३ मा केही समस्या देखीएकोले भएतापनि यस बर्ष निर्माण गर्ने भनेर बजेट छुट्टाइएको , वडा कार्यालय सम्म पिच बनाउने कामहरु पनि भइरहेको बताउनु भयो । हामीले विकासको सगसगै जनता समुदायको चाहना अनुसार साधन र स्रोतले भ्याए सम्म कामहरु गदै आइरहेको विकासको गती लिनका लागि प्रयास हामीले गदै आइरहेको बताउनु भयो । वहाँले निशुल्क शिक्षा कार्यक्रम कसरी गर्ने भन्ने थियो त्यसका लागि भवन बनाउनु थियो शिक्षकहरु आवश्यकता पुरा गर्नु थियो अहिले हामीले राजापुरनगरपालिकालाई नि ःशुल्क शिक्षा घोषणा गरिएको बताउनु भयो । सबै वडाहरुमा स्वास्थ्य सेवा पुरा गरेको बताउनु भयो ।
विशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने बर्तमान नेतृत्वहरुले सबै वडाहरुमा पक्कीसडक पहुँच पुराउनेका लागि बजेट विनियोजित गरी कामहरु भइरहेको बताउदै ,अझै देखीने किसिमकामहरु गर्ने जनताको मनजित्नेकामहरु गर्ने जनतालाई सम्झने खालका उद्यारणीयकामहरु गर्नु पर्ने बताउनु भएको छ ।
उद्घाटन समारोहका सभापति तथा वडा नं ५का अध्यक्ष राम बहादुर चौधरीले वडा नं ५ले सुरु गरेको नि शूल्क शिक्षा आज राजापुरनगरपालिका भित्र लागु गरिएको बताउदै सबैको ईच्छा आकाक्षाअनुसार विचार भर भएपनि सबैको साझा प्रतिबध्ताअनुसारनै आज वडा नं ५ले विकासको गतीमा तिब्रता लिएको बताउनु भयो । वहाले हिजो कुन अवस्थामा थियो आज कुन अवस्थामा छ इो सबैले प्रत्याभूत गरीसकेकोको होला अब हामीले सुसासन विकास र संघियताको प्रत्याभूत दिलाउन लागि परेको बताउनु भयो ।
नगरप्रमुख उप प्रमख हरुबाट सयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।
तपाइँकाे प्रतिक्रिया
