Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

हिउँदमा पनि राभङ्लाले पर्यटकको मन जित्न सफल


गान्तोक, 6 जनवरी। दक्षिण सिक्किमको राभाङ्ला महकुमा अन्तर्गत रहेको चर्चित बुद्धपार्क तथा तथागत्सल हिउँदोको जाडो मौसममा पनि पर्यटकहरूको मुख्य आकर्षण र रोजाइको पर्यटकीय गन्तव्य बन्न पुगेको छ। वर्ष 2006- सालमा शिलान्यासपछि निर्माण कार्य थालिएको बुद्ध पार्क 2013-को मार्च 25 को दिन तिब्बतीय बौद्ध धर्मगुरुको कर कमलबाट उद्घटन भए यता पर्यटकहरूको घुइँचो लाग्न थालेको हो। भगवान बुद्धको 2550औं जन्म जयन्तिको अवसरमा समाजलाई समर्पित यो पार्क अहिले छिमेकी राष्ट्र भोटाङ, नेपालमात्र नभएर थाइल्याण्ड, इण्डोनेशिया, जापान, मलेसिया र पश्चिमी मुलुकका पर्यटकहरूको निम्ति पनि मुख्य आकर्षण केन्द्र बन्दै गएको छ। यो हिउँदोमा पछिल्लो पटक भन्दा धेरै पर्यटकहरू आएको अनि स्थानीय होटलहरूमा बसेर 130 फूट अग्लो बुद्धको प्रतिमा स्थलको पार्कमात्र नभएर राभाङ्ला वरिपरि विकास गरिएका पर्यटकीय क्षेत्रहरूको आनन्द लिन रुचाएको बुद्ध पार्क रेसिडेन्सीका मालिक तिर्थकुमारी राई बताउँछिन्।

यो साल छिमेकी राज्यहरूबाट मात्र नभएर दक्षिण एसिया र युरोपबाट पनि धेरै संख्यामा बुद्धपार्कको भ्रमणमा पर्यटकहरू आएको अनि पछिल्लो वर्षहरूमा झैं अहिले पर्यटकहरूको आगमनमा वृद्धि हुनगएको र राभाङ्लालाई विशेष पर्यटीकीय गन्तव्यको रूपमा छान्न थालेको पनि उनको भनाइ छ। यसैगरि कालेबुङको साङ्सेबाट ऐंचो-पैंचो समाजबाट सबै सदस्यहरू राभाङ्लाघुम्न आइपुगेको बेला पत्रकारहरूसँग कुरा गर्दै टोलीका नाइकेले आफूले सोंचेको भन्दा धेरै उत्कृष्ट पर्यटकीय गन्तव्यको विकास भएको र आफ्नो सानो समाजको सदस्यहरूलाई लिएर घुम्न आउन पाउँदा आनन्द लागेको र अरुलाई पनि घुम्न आउने आह्वान गरे। यसरी नै बोरुङको तातोपानीमा नुहाउन आएका इटहरीका कुलबहादुर शर्मा र उनका सहयात्रीहरूले चीसो भएपनि राभाङ्लामा निर्माण गरिएका पर्यटीक पूर्वाधारले मन छोएको बताए। आफूहरू योभन्दा पहिले पनि तातोपानी नुहाउन आउने गरेको तर यो पार्क निर्माण भएपछि भने पहिलोचोटी आउने अवसर पाएको र खुबै सुन्दर पार्क घुम्न पाउनुको छुट्टै आनन्द बटुल्न सकेको पनि बताए। अर्को तिर राभङला वरिपरी बुद्धपार्क बाहेक अरु पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छोजो झील, रालङ गुम्पा, रालङ्कै टाइटनीक भ्यू पोइण्ट र हिमाली गाउँको हरियाली र सुन्दरता पर्यटकहरूको निम्ति मनोहारी दृष्यको रुपमा मान्न सकिन्छ।

विशेष गरेर हिउँदमा बोरुङ र पोलोकको तातोपानीमा बस्न चाहने पर्यटकहरूको झुण्डले कम्तिमा पनि एक रात राभाङ्लामा बिताउने गरेकोले पर्यटन हितधारकहरूको निम्ति अवसर जुटाइदिएको होटल व्यवसायी राईले बताएकी छन्। 8000-फिटको उच्चाईमा रहेको राभाङ्ला नजिक अहिले राम्रो सितले घरवास पर्यन पनि फस्टाइ रहेको छ। जुन दक्षिण जिल्लाको अन्य पर्यटकीय गन्तव्य भन्दा छुट्टै आकर्षण र सौन्दर्य बोकेको गन्तव्यको रूपमा लिन सकिन्छ। विशेष गरेर बुद्ध दर्शनलाई अनुशरण गर्नेहरूको भीड लाग्ने भएपनि यो वर्षभने हिउँदमा पनि मौसम सफा भएकै कारण धेरै पर्यटकहरू आइदिएकोमा पर्यटन हितधारकहरू गदगद रहेका छन्। राभङदेखि नजिकै रहेको टेण्डोङ र मैनाम जस्ता संरक्षित वन्य क्षेत्रहरूको ट्रेकिङ पनि उत्तिकै रोचक रहेको छ भने यसलाई सही व्यवस्थापन हुनपर्ने भने देखिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!