Loading... आजः शनिबार , चैत्र १, २०८१

हिउँमा हेलिकप्टर सहित फसेका सबैलाई भारतीय वायुसेनाले बचायाे


गान्तोक, 9 मई। उत्तर सिक्किमको दुर्गम क्षेत्रमा फँसेका भारतीय वायु सेनाको हेलीकप्टर र यसमा सवार चालक दलसहित अन्यलाई बचाउन भारतीय सेना र वायु सेनाको दल सफल भएको छ। ७ मईको दिन उत्तर सिक्किमको मुकुथाङ क्षेत्रमा भारतीय वायु सेनाको एउटा हेलीकप्टर दुर्घटना भएको समाचार आए तापनि यसको पुष्टि हुन सकेको थिएन।

यद्यपि, आज यो समाचारलाई पुष्टि गरिएको छ। आज भारतीय सेना र वायु सेनाको संयुक्त अभियानमार्फत हिउँमा फँसेको हेलीकप्टर र यसमा सवार कर्मीहरूलाई उद्धार गरिएको छ। जानकारीअनुसार यो हेलीकप्टर खराब मौसमको कारण आपतकालीन अवस्थामा अवतरण गर्नु परेको थियो। यसले गर्दा हेलीकप्टर र यसमा स्वार वायु सेनाका सदस्यहरू दुर्गम क्षेत्रमा फँसेका थिए। भारतीय वायु सेनाका चारजना क्रु र एयर डिसप्याच कर्मी यो दुर्गम क्षेत्रमा फसेका थिए। यसमा वायु सेनाका यो हेलीकप्टर अतिनै उच्च पार्वतीय क्षेत्रमा सेवा दिइरहेका कर्मीहरूलाई सेवा दिन गएको थियो। हेलीकप्टर फँसेको क्षेत्र हिउँले ढाकेको तथा दुर्गम भएको कारण बचाउँ कार्य सञ्चालन गर्नु धेरै कठिन थियो। बचाउँ कार्यमा फँसेका कर्मचारी र हेलीकप्टर दुवैलाई उद्धार गर्नु थियो। आज भारतीय सेना र वायु सेनाको संयुक्त टोलीले यो साहसिक कार्यलाई सफलतापूर्वक सञ्चालन गरेको छ। ७ मईको दिन हेलीकप्टर फँसेको जानकारी पाउनसाथ आइटीबीपीको एउटा दल घटना स्थल तर्फ प्रस्थान गरेको थियो। यसमा आइटीबीपीका डाक्टरसहित चिकित्सक टोली पनि सामेल थियो।

लगभग १५,५०० फीटको उचाईमा भएको हेलीकप्टरसहित वायु सेनाका कर्मीहरूलाई बचाउन ठूलो सफलता हात पारेको छ। बचाउँ कार्य सञ्चालन गर्नका लागि भारतीय सेनाले खराब मौसमको स्थितिसित पनि जुझ्नु परेको थियो। आज भारतीय सेना र वायु सेनाको हेलीकप्टरले १५,५०० फीटको उचाईमा एक अप्रत्यक्ष जमीनमा साहसिक ल्याण्डिङ गरेर यो सफलता हात परेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!