Loading... आजः शनिबार , श्रावण १२, २०८१

हिजो एकैदिन ईण्डियामा करिव ८३ हजार संक्रमित थपिए


नेपालकाे दक्षिणतर्फकाे छिमेकी भारतले कोरोना भाइरस संक्रमणको अहिलेसम्मकै उच्च दैनिक नयाँ रेकर्ड बनाएको छ।

बितेको २४ घन्टामा भारतमा ८३ हजार नजिक नयाँ संक्रमित थपिएका छन्। यो संख्या कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछिकै सबैभन्दा उच्च दैनिक संक्रमण हो।

यसअघि अमेरिकाको एकै दिनको ७८ हजारको दैनिक संक्रमणको रेकर्ड भारतले नै तोडेको थियो। पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिहरेको छ। भारतमा एक महिनाको अवधिमा मात्रै २० लाख नयाँ संक्रमित थपिएका छन्।

Insert your Ads code here

भारतमा हालसम्म ३८ लाख ४८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि ६७ हजार नाघेको छ।

कोरोनाबाट बढी प्रभावित मुलुक अमेरिका र ब्राजिलमा पनि संक्रमण पुनः बढेको छ। पछिल्लो २४ घन्टामा अमेरिकामा ४० हजार बढी नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा ४८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

गएको साता अमेरिका र ब्राजिल दुबैको संक्रमण निकै घटेको थियो। अमेरिका, ब्राजिल र अमेरिका तीन वटै मुलुकको दैनिक मृत्युदर पनि १ हजारभन्दा बढी छ।

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ८२ हजारभन्दा बढी नयाँ संक्रमित थपिए। यो सँगै विश्वमा संक्रमित हुनेको संख्या २ करोड ६१ लाख नाघेको छ भने कोरोना संक्रमणकै कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख ६६ हजार बढी रहेको सरकारी सञ्चारमाध्यमले लेखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!