Loading... आजः शनिबार , श्रावण १२, २०८१

हिमानी कोषद्वारा राहत वितरण


हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ। आज हिमानी कोषले काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ। हिमानी कोषकी उपाध्यक्ष पे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो। साथै सोही कार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको छ।

राहत वितरणकालागि आज कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवाप्रति राजसंस्थाले खेलेको भुमिका अतुलनीय भएको उल्लेख गर्नुभयो। उहाँले आफुले महाराजाधिराज महेन्द्र, मुमा बडामहारानी रत्न, महाराजधिराज वीरेन्द, बडामहारानी ऐश्वर्य र महाराजधिराज ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन, शाहज्यादी जयन्तीका पालामा भएको समाजसेवा र वहाँहरुको देशप्रतिको लगावलाई कुनै शब्दले व्याख्या गर्न नसक्ने बताउनु भयो।

सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताउनु भयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!