Loading... आजः शनिबार , श्रावण १२, २०८१

समाजसेवी हिमानी शाहद्वारा राहत वितरण


हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ।

समाजसेवी हिमानी शाहकाे नेतृत्वको कोषले बिहीबार विशेष कार्यक्रम गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण गरेको हो। हिमानी शाहले राहत सामग्री सम्बन्धीत संस्था या समुदायका प्रतितिनिधलाई हस्तान्तरण गर्नुभएको हो।

हिमानी कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौँका विभिन्न आश्रय गृहमा रहेका बालबालिकाका लागि खाद्यान्नसहितका सामग्री प्रदान गरेको हो। यस्तै कोषले डिस्इन्फेक्सन स्प्रे, पीपीई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाका लागि लिटोसहितका सामग्री हस्तान्तरण गरेको हो।

राहत वितरण कार्यक्रममा समाजसेवी प्रेरणा राज्यलक्ष्मीदेवी शाह, शीतास्मा राज्यलक्ष्मीदेवी शाह, कोषकी सदस्य सचिव रेशमा राना, बोर्ड सदस्य डा. अपर्ना शाहसहितको उपस्थिति रहेको थियो।

Insert your Ads code here

कार्यक्रममा समाजसेवी हिमानी शाहले मानसिक स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो। उहाँले कुनै पनि प्रकारको मनोसामाजिक समस्यादेखिएमा मनोविमर्शकर्ताको सहयोग लिन नहिचकिचाउन आग्रह गर्नुभएको थियो।

पछिल्लो समय देशभर आत्महत्याका घटनाहरु बढेको सुनिएकाे भन्दै उहाँले मनोसामाजिक स्वास्थ्यलाई ख्याल गर्नु पर्नेमा जोड दिनुभएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!