Loading... आजः शनिबार , श्रावण १२, २०८१

हिमालय एअरलाइन्सद्वारा काठमाडौ – छोङछिङ सिधा उडान सुरू


हिमालय एअरलाइन्सले बिहीबारदेखि काठमाडौबाट चीनको सहर छोङछिङको सिधा उडान सुरु गरेको छ। चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा हिमालयले चीनभित्र पाँचौं गन्तव्यका रुपमा छोङछिङ उडान थालेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले उडानको औपचारिक उद्घाटन गर्नुभएको हो। सिधा हवाई सेवा सुरु भएपछि आगामी दिनमा दुवै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने कम्पनीले जनाएको छ।

उडान उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले हिमालय एयरलाइन्सको सेवा विस्तारले नेपाल र चीनबीच पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा चिनियाँ राजदूत याङ्छीले थप उडानले अबका दिनमा दुई देशका जनता र संस्कृतिलाई अझ मजबुत बनाउने तथा पर्यटन र ब्यापार वृद्धि हुने बताउनुभयो। हिमालय एअरलाइन्सका अध्यक्ष झाउ इनयोङ्ले नयाँ उडान गन्तव्य चिनियाँ पर्यटकका लागि नयाँ बर्षको उपहारजस्तै भएको बताउनुभएको कान्तिपुर अनलाइनले समाचार लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!