Loading... आजः शनिबार , श्रावण १२, २०८१

हिमालय एयरलाइन्सका सबै जहाज उडानविहीन हुने लगभग निश्चित


हिमालय एयरलाइन्सका सबै जहाज ग्राउन्डेड हुने लगभग निश्चित भएको छ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालयका चार जहाज ग्राउन्डेड हुने अवस्था आएको हो। हिमालयले उडान गर्दै आएका अधिकांस गन्तव्यमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि उडान आफै बन्द हुने अवस्था आएको हो।

काठमाडौंबाट साउदी,बांगलादेश,कतार,मलेसिया,सयुक्त अरब इमिरेट्स र चीनका तीन सहरमा व्यावसायिक उडान गर्दै आएको एयरलाइन्सका सयुक्त अरब इमिरेट्स बाहेक सबै ठाउँमा उडान स्थगन भइसकेको छ। एयरलाइन्सले पछिल्लो पटक बांगलादेशको उडान स्थगन गरेको सेतोपाटीमा खबर छ।

Insert your Ads code here

एयरलाइन्सले सयुक्त अरब इमिरेट्सको उडान भने स्थगनको घोषणा गरेको छैन। तर पनि सरकारले समग्र खाडी क्षेत्रबाट आउने यात्रुलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै एयरलाइन्सको उक्त उडान पनि बन्द हुने लगभग निश्चित भएको छ। अरु सबैतिर उडान बन्द भएपछि हिमालयका तीनओटा जहाज अहिले नै ग्राउन्डेड भइसकेका छन्। बाँकी एउटा जहाजले यात्रु भएपछिमात्र आवुदावी उडान गर्दै आएको छ।

हिमालयले उडान बन्द भएपछि कर्मचारीहरुलाई बाँकी रहेको वार्षिक विदा सदुपयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेको छ। चिनियाँ लगानीसमेत भएको हिमालय एयरलाइन्सको व्यवस्थापनमा चिनियाँहरु पनि छन्। हिमालयले हप्तामा ९६ सम्म उडान गर्दै आएको थियो।नेपालबाट विदेश उडान गर्ने सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले भने भारतको नयाँ दिल्लीमा दैनिक उडान गरिरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!