Loading... आजः शनिबार , श्रावण १२, २०८१

हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो


नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ। छोङछिङ चियाङपे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण ९पिपिइ०, मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ। यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो। उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ।

कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ। हिमालय एयरलाइन्सको कार्गो जहाज आज बिहान काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो। उहाँका अनुसार आजै नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को वाइडबडी जहाजले क्वाङचौमा चार्टर्ड उडान गर्दैछ। क्वाङचौबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो। सो जहाज नेपाली सेनाले चार्टर्ड गरेको बताइएको छ। त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ। यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन्।

Insert your Ads code here

लकडाउनको अवधिमा हिमालयको चीनमा यो पाचौँ कार्गो उडान हो। यसअघि चीनको क्वाङचौ र चाङशामा चारवटा कार्गो उडान गरेको थियो। यी उडानले कोभिड–१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गरेका हुन्। बेइजिङमा नियमित यात्रु उडान सञ्चालनपश्चात हिमालय एयरलाइन्सले २३ जनवरी २०२० मा छोङछिङलाई चीनको पाँचौँ गन्तव्य बनाइ प्रतिहप्ता एक सिधा उडानमार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिडका बिरामी बढेसँगै अनिवार्य स्वास्थ्य सामम्रीको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर्ड उडानको माग वृद्धि भएकाले कम्पनीले चीनका विभिन्न गन्तव्यमा कार्गो उडान गरिरहेको बताउनुभयो। उहाँले लकडाउनको अवधिमा चीनका विभिन्न शहरहरुमा थप चार्टड उडानको सम्झौता गर्न सफल भएकामा खुशी व्यक्त गर्दै छोङछिङ कम्पनीका लागि चीनको प्रमुख गन्तव्यमध्ये एक भएको बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!