Loading... आजः शनिबार , श्रावण १२, २०८१

हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली काठमाडौंमा


हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली आज बुधबार काठमाडौं आइपुगेको छ। मनास्लु र लोबुचे हिमाल आरोहणको लागि उनीहरु नेपाल आएका हुन्। सो टोलीमा रहेका १८ मध्ये तीनजना बेलायती नागरिक हुन् भने बाँकी बहराइनी नागरिक रहेको नेपालखबरले लेखेको छ।

बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो। रोयल गार्ड बहराइनको सो टोली विशेष विमानमार्फत् काठमाडौं आइपुगेको हो। हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको स्थानीय एजेन्सी सेभेन समिट ट्रेक्स हो। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उक्त टोली डेढ महिनाभन्दा बढी नेपालमै रहने बताएका छन्। उनका अनुसार सो टोलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्नेछ।

उनीहरुले ८ हजार १६३ मिटर उचाईको मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्नेछन्। नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन्।

Insert your Ads code here

राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो। उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउन चाहन्छन्। ‘अहिलेको आरोहण सगरमाथा चढ्नको लागि ट्रेनिङ जस्तै हो। मनास्लुको पिकमै पुग्नुपर्छ भन्ने छैन। अहिले मनास्लुको ७ हजार मिटर उचाई सम्म पुगे उनीहरुले अर्को सिजनमा सगरमाथा आरोहण गर्न पाउँछन्,’ शेर्पाले भन्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!