Loading... आजः शनिबार , माघ ५, २०८१

हुपैबाट नेपाल गएका कुनै पनि नेपालीमा कोरोना भाइरस नदेखिएको पुष्टि


कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएको चीनको हुबेइबाट उद्धार गरी ल्याइएका सबै नेपालीमा संक्रमण नरहेको पुष्टि भएको छ।

भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनाको नमूना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको हो । सबै १७५ जनाको ‘थ्रोट स्वाव’ तथा ‘नेजल स्वाव’ को नमूना संकलन गरिएको थियो।

सबै नमूनाको परीक्षण मंगलबार बेलुका सकिएको र नतिजा नेगेटिभ अर्थात उनीहरुमा कोभिड–१९ को संक्रमण नरहेको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। देशसंचार अनलाइनका अनुसार यसबारे बुधबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रयोगशालाले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!