Loading... आजः शनिबार , श्रावण १२, २०८१

हुवावेको वाई सिरिज अन्तर्गतको मोबाइल नेपाली बजारमा


हुवावेले आफ्नो लोकपि्रय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा हुवावे वाई एस सार्वजनिक गरेको छ। वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ।

वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन्। वाई सिक्स एस दुई वटा रंगहरूमा उपलब्ध छन- कालो र नीलोमा।

हृवावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा पनि रहेको छ। हृवावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ। यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा-कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुन्छ। ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ। जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल र्झछ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ। ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ।हुवावे वाई सिक्स एसमा ३०२० एमएएच ब्याट्री जडित छ। यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउने अनलाइनखबरमा समाचार छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!