Loading... आजः शनिबार , श्रावण १२, २०८१

हैदराबाद लिटरेरी फेस्टिवलमा रचना बुक्सलाई बुक स्टोर अफ दी इयर 2020 पुरस्कार


गान्तोक, 28 जनवरी। सिक्किमको राजधानी गान्तोकमा माटोकवि जीवन थिङ मार्गमा रहेको रचना बुक्सलाई भारतको उत्कृष्ट साहित्य उत्सवको रूपमा चिनिने हाइदरावाद लिटरेरी फेस्टिसवलले 2020-को बुक स्टोर अफ दी इयर पुरस्कारले सम्मानित गरेको छ। पछिल्लो लगभग तीन दशक भन्दा अधिक समय देखि उत्कृष्ट किताबहरूको सङ्कलन रहने छुट्टै विशेषता हुने पुस्तक पसलको रूपमा राजधानीमा चर्चित रचना बुक्सले राष्ट्रियस्तरमै पाएको दोस्रो पुरस्कार हो। यसचोटी फूट फर थट फाउण्डेसन आईआरओ-ले उक्त पुरस्कार प्रदान गरेको हो भने यसभन्दा अघि पव्लिसिङ नेक्स्ट इण्ड्रस्टीली गोवा लिटरेरी फेस्टिवल 2015-सालमा बुक स्टोर अफ दी इयरको पुरस्कारले रचना बुक्सलाई सम्मानित गरिसकेको छ। गत 26 जनवरीको दिन हैदरावादमा पुरस्कार ग्रहण गरेर राजधानी गान्तोक भित्रिएका रचना बुक्सका मालिक रमण श्रेष्ठले खुशी व्यक्त गर्दै यस प्रकारको पुरस्कार र सम्मानले काम गर्ने उत्साह बडेको तथा प्रोत्साहन मिलेको बताए।
गान्तोक जस्तो सानो शहरलाई नै लिएर यस्ता ठूलो साहित्यिक उत्सवमा गरिएको सम्मानले निकै महत्व राख्ने पनि उनले बताए। आफू स्वयं पछिल्लो 19 वर्षदेखि लगातार रूपमा यो पेशालाई लिएर पुस्तक पसल संग सँगै विभिन्न भाषा, साहित्य, कला, संस्कृतिको निम्ति काम गर्नेहरूलाई मञ्चपनि प्रदान गर्दै आएको रचना बुक्समै अहिले विशेष गरेर पाठकहरूले चासो थोरै मात्रामा भएपनि देखाउन थालेकोमा खुशी व्यक्त गरेका छन्। जसमा परिवारको संसँगै विशेषरूपमै पुस्तक पसलमा आइदिने पाठकहरूले निकै ठूलो प्रोत्साहन र उत्साह दिने भुमिका निर्वाह गरेको पनि उनी बताउँछन्। अहिले पछिल्लो दुई पुस्ताको तुलनामा केही मात्रामा पाठकहरू रचना बुक्स धाउन थालेको उनको हेराई छ। उनी पछिल्लो सिक्किमे दुई पुस्ताले केवल टेलिविजन आएपछि पुस्तक सित नाता तोडेको भएपनि अहिले आएर सोशियल मिडियाले मानिसहरूको निकै समय खर्च गरिरहेको भएपनि त्यही सोशिय मिडियामा पुस्तक पसलमा फोटो खिच्ने निहुँ बोकेर छिर्ने मानिसहरू मध्ये केहीले किताबै किनेर लाने गरेको भने अब सोशियल मिडिया भएपनि नयाँ पुस्ताले किताब पढ्नुपर्छ भऩ्ने सोंच बनाउन थालेको हो की भऩ्ने लाग्न थालेको उनी बताउँछन्। पुस्तक सितै जोडिएर काम गरिरहेको रमण श्रेष्ठले रचना पब्लिकेशनको नाममा प्रकाशन पनि सञ्चालन गरिरहेका छन्। भने क्याफे फिक्सन र बुक म्यान्स बेड एण्ट ब्रेकफास्ट पनि चलाइरहेका छन्। उनी पुरस्कृत भएपछि अझ पाठकहरूको निम्ति लामो समय र धेरै समय पसल खोल्ने प्रतिबद्धता बोकेर आएको बताउँछन्। उनी अझ विभिन्न कार्यक्रमहरूको निम्ति रचना बुक्सलाई मञ्च प्रदान गर्न निरन्तर लागिरहने बताउँछन्। पूर्वोत्तर भारतकै चर्चित अङ्ग्रे कविहरूको कार्यक्रम कन्भर्स निरन्तर रूपमा रचना बुक्समा सञ्चालन हुने गरेको छ भने क्षेत्रको चर्चित नेपाली साहित्यिक कार्यक्रम चिया कविता पनि यसै पुस्तक पसलको मञ्च प्रयोग गर्दै सुचारु रुपमा सञ्चालित भइरहेको छ भने क्षेत्रमा चर्चित बनि रहेको छ। यस अतिरिक्त रचना बुक्समा विभिन्न कला सङ्गित, चित्रकला, फोटोग्राफी, स्मल टाउन फिल्म फेस्टिवल जस्ता कार्यक्रमहरू सञ्चालित भइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!