Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

होम सेन्टरबाटै परीक्षा लिने व्यवस्था गर्दै नेपालका विश्वविद्यालय


कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि अवरुद्ध नेपालका विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका रूपमा विद्यार्थीले आफूले पढेकै ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था गरेको नागरिक अनलाइनले लेखेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट ‘सिकाइ सहजीकरण प्रारूप २०७७’ स्वीकृत गरी परीक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको छ। आयोगको यही असार १९ गते बसेको बैठकले प्रारूपलाई निर्देशिकाको रूपमा जारी गरेको छ। आयोगले जारी गरेको निर्देशिकाअनुसार विश्वविद्यालयमा लकडाउनका कारण रोकिएका परीक्षालाई सम्बन्धित उच्च शैक्षिक निकायहरूले होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नसक्ने गरी गाँठो फुकाएको हो।

प्रारूपको बुँदा १३ मा परीक्षासम्बन्धी गरिएको व्यवस्थामा विश्वविद्यालयका सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा गर्न सकिने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ। विश्वविद्यालयहरूले सुरक्षा प्रोटोकल अपनाएर सामाजिक दुरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने र अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।’विश्वविद्यालय स्वायत्त निकाय हो, आफ्नो परिस्थितिअनुसार कार्यविधि बनाएर अघि बढ्छौं’ ‘विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिका लागि उपयुक्त भारसहितको परीक्षा व्यवस्था गर्न सक्नेछन्,’ प्रारूपमा उल्लेख छ, ‘त्यसरी परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतीकरणहरू, अनलाइन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरैमा उत्तर लेख्ने, अनलाइन भाइवाआदिलाई विकल्पको रूपमा कार्यान्वयन गर्न सकिनेछ।’

Insert your Ads code here

‘यस किसिमका मूल्यांकन साधन र विधिको प्रयोग गर्दा कम्तीमा तीनवटा साधन प्रत्येक विषयमा प्रयोग गर्नुपर्ने छ,’ प्रारूपमा व्यवस्था गरिएको छ, ‘यस्ता परीक्षा प्रणालीलाई सम्बन्धित विश्वविद्यालयका आधिकारिक निकायले स्वीकृति दिनु पर्नेछ।’

तर, विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालय स्वायत्त निकाय भएकाले सबै विश्वविद्यालयको आ–आफ्नै नीतिनियम हुने गरेको बताएका छन्। विश्वविद्यालयका पदाधिकारीका अनुसार आयोगले जारी गरेको निर्देशिकामा गरिएको व्यवस्था र विश्वविद्यालयको परिस्थितिमा मेल नखान सक्छ। त्यही भएर विश्वविद्यालयले परिस्थिति बुझेर मात्र परीक्षा सञ्चालन कार्यविधि बनाएर अघि बढ्ने उनीहरूले बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!