Loading... आजः शनिबार , श्रावण १२, २०८१

हो, मेरो पुर्खा नेपालबाट आएको कुरा मैले स्वीकारेको छु पुर्खा कुरासित सबैले गर्व गर्नुपर्छः पवन चामलिङ


गान्तोक 2 मार्चः एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आफ्नो पुर्खेउली थलो नेपाल रहेको बताएपछि उठेका सबै प्रतिक्रियालाई स्वीकार गरेका छन्। सोमवार एसडीएफ पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चामलिङले भने, नेपालमा मिडीयाले प्रश्न गर्दा मैले 300 वर्ष अघि मेरो पुर्खा नेपालबाट दार्जीलिङ हुँदै दक्षिण सिक्किमको मेरो जन्मस्थलमा बसेको कुरा स्वीकार गरेको थिँए। मैले मेरो यथार्थ विषयमा सत्य बोलेको छु र यो जनता, शिक्षित व्यक्ति र नागरिक समाजले बोल्ने विषय हो। मैले सत्य बोल्दा कसैले नेपाल जा भन्छ भने त्यसमा मेरो भन्नु केही छैन। जस्ता मान्छे छन त्यसतै बोल्छन। विश्वका कोही पनि मानिस एक्कै स्थानमा बसेका छैनन्। एक्कै स्थानमा बसेको हो भने त सबै अफ्रिकामा मात्र हुन्थे। हाम्रो उद्गम स्थल कुनै सागर किनार या जङ्गलमा खोज्नुपर्ने हुन्छ। यसता विषयमा नबुझी कुरा गर्नु शिक्षित समाजले स्वीकार गर्न नमिल्ने विषय हो। सबैले आफ्नो पुर्खेउली सम्झिएर गर्व गर्छन। मैले पनि बराक ओबामा र डोनाल्ड ट्रम्पले भनेको छु मेरो पुर्खा 300 वर्षअघि नेपालबाट सिक्किम आएका हुन। मैले आप्नो यथार्थ बताएपछि अब अरुले पनि भन्नु पर्योा उनीहरूको पुर्खा यहीँ उत्पति भएका हुन कि कतैबाट बसाइं सरेर आएका हुन्। आप्नो कुरालाई अझ बल दिंदै उनले भने, यसै पनि 1961 को सिक्किम सब्जेक्ट कानुन भन्दा 15 वर्ष अघिदेखि सिक्किममा बसोबासो गर्ने सिक्किमे हुन्, यो सत्य कुरा हो। यो विषयलाई मुद्दा बनाउनेहरू सिक्किम विरोधी हुन, व्यक्तिगत स्वार्थ पुर्ति गर्न सस्तो राजनीति गर्नेहरू हुन्।

उनले वर्तमान सरकारको 10 महिनाको कार्याकाललाई कसरी हेर्नुहुन्छ? भन्ने प्रश्नको जवाफ दिंदै यस विषयमा अहिने नै कुनै प्रतिक्रिया दिनु प्रीम्याचुर हुने बताए। उनले भने, एसकेएम सरकार चल्दैछ तर यसले र् अन्धकार युग तिर सिक्किमलाइ धकेल्दैछ। उनले सिक्किमको सकारात्मका कार्यका लागि सधैं सरकारलाई सहयोग गर्ने बताए। पूर्व मुख्यमन्त्री चामलिङले सेन्ट्रल मोटर भेकल एक्ट अनि एसएनटीका अस्थाई कर्माचारीको नोकरी समिक्षा गर्ने विषयमा उठेको विवादमा आफ्नो पार्टीको अड़ान स्पस्ट पारे। उनले भने, हामीलाई गुरुजीहरूले सरकारमा ल्याएका भए पश्चिम बङ्गाल सरकारले जस्तै सेन्ट्रल मोटर भेकल एक्टलाई लागू हुन दिने थिएनौं। अहिले पनि हामी गुरुजीको साथमा छौं। एसएनटीका अस्थाई कर्मचारीलाई 100 पोइन्ट रोस्टर पालन गरिएको छैन अनि तलब दिने पैसा छैन भनेर निकाल्ने कुरा हुँदैछ। यो असम्भव कुरा हो। यदी रोस्टर सिस्टमलाई नै फले गरेको हो भने सबैमा लागू हुनुपर्छ। होइन भने गरीबका छोरा-छोरीलाई अन्याय गरेको हो, यो गलत हुँदैछ, जनताको मौलिक अधिकार खोसिंदैछ। कुनै पनि नोकरीमा बजेट प्रावधान हुन्छ। हामीले लगाएको नोकरीमा बजेटको प्रावधान छ। यसमा अनुमोदन गरिएको बजेट कपी एजी अफिसमा गएको हुन्छ। बजेटमा राखेको पैसा दुरपयोग गरेर सरकार यो अवस्थामा पुगेको हो। हामीले पैसा छैन् भने एक दिन पनि सरकारी कर्मचारीको बेतन रोकेका थिएनौं। मैले 1500 करोड़ राजस्व उत्पादन हुने सिक्किम बनाएको थिँए त्यो पैसा कहाँ जाँदैछ? उनले सरकारलाई प्रश्न गरे। पूर्व मुख्यमन्त्री चामलिङले एसकेएमले सरकार चलाउन नजानेकाले गर्दा यो अवस्था आइपरेको आरोप लगाए। उनले भने, पहिलाको सरकारलाई दोश्याएर मात्र हुँदैन। सरकार एसकेएमको छ, एसडीएफको होइन। गर्न नसकेको कामको जिम्मेवारी सरकारले नै लिनुपर्छ। पूर्व मुख्यमन्त्री चामलिङले विजय चामलिङमाथि लागेको आरोप विषमा बोल्दै यो एउटा आरोप मात्र रहेको र यसमा उनी दोषी साबित नभएको बताए। अर्कोतर्फ एसडीएफ पार्टीले आगामी 4 मार्चमा एसडीएफको 28 औं स्थापना दिवस मनाउने तयारी गरेको अनि यसमा सरकार डराएर जनता रोक्ने प्रयास गरिरहेको आरोप लगाए। उनले भने, हाम्रो स्थापना दिवसमा जनता जान्छन भनेर सरकार पक्षबाट बाधा लाउने काम भइरहेको छ, जनतालाई रोक्ने प्रयास हुँदैछ। सिक्किमेली जनताले सरकार बदली गरेकोमा अहिले पछुतो गर्दैछन्। 2024 कहिले आउँछ भन्ने प्रतिक्षामा छन्। अहिले जनताले सरकार पहिलाकै ठिक थिएछ भन्ने महशुस गरेका छन्। 2024 मा एसडीएफ निश्चित रूपमा फर्किनेछ भन्ने पनि उनले दाबी गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!