Loading... आजः शनिबार , श्रावण १२, २०८१

ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न अमेरिकी आदेश


पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको राष्ट्रिय सुरक्षा कानूनलाई लिएर तीब्र असन्तोष व्यक्त गर्दै आएको अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको ग्लाेबल टाईम्सले लेखेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिका समक्ष आग्रह गरेको बताए। उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्। प्रवक्ता वाङले भने, “यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ।

साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघ हो।” उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ, भने।

Insert your Ads code here

ह्यूस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्य दूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए। ह्यूस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुँवा निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!