Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

१०१ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे निधन


राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १०१ वर्षीय घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निजी निवास लैनचौरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। १०१ वर्षीय घिमिरे केही दिनअघि अस्वस्थ्य हुनुहुन्थ्य। वि.सं. १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मनुभएका घिमिरे २०७५ साल असोजमा सय वर्ष प्रवेश गर्नुभएको थियो।

१९९२ सालमा गोरखापत्रमा आफ्नो कविता प्रकाशित गरेर साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका घिमिरेका नव मञ्जरी, गौरी, मालती मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीतलगायतका धेरै चर्चित कृति प्रकाशित छन्। २०६० सालमा तत्कालिन सरकारले उहाँलाई राष्ट्रकवि घोषणा गरेको थियो।

घिमिरे पद्यश्री साधना सम्मान, महाउज्ज्वल पदसहित दर्जनौं पदक, सम्मान र पुरस्कारबाट पुरस्कृत र विभूषित हुनुभएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!