Loading... आजः शनिबार , श्रावण १२, २०८१

१०६ मुलुकमा पर्यटकहरू उत्तरी नेपालको मुस्ताङ भ्रमणमा


हिमालपारिको जिल्ला मुस्ताङ विदेशी पाहुनामाझ कतिसम्म लोकप्रिय छ भन्ने विषय बर्सेनि त्यहाँ पुग्ने पर्यटकको संख्याले देखाएको छ। संख्यात्मक रूपमा मात्र नभई हरेक वर्ष बढीभन्दा बढी मुलुकका विदेशी पाहुना मुस्ताङ घुम्न जाने गरेका छन्। सन् २०१९ मा १ सय ६ मुलुकका ५७ हजार आठ सय ३० जना विदेशी पाहुना हिमाली जिल्ला मुस्ताङ पुगेका छन्।

सन् २०१९ मा अहिलेसम्मकै बढी मुलुकका विदेशी पाहुना मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। यसअघि सन् २०१६ मा एक सय पाँच मुलुकका विदेशी मुस्ताङ उक्लेका थिए। सन् २०१७ मा ९० र २०१८ मा ९८ मुलुकका पाहुना हिमाली जिल्ला मुस्ताङ पुगेको एक्यापले बताएको छ। एक्यापको जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार सन् २०१९ मा एक सय ६ मुलुकका विदेशी मुस्ताङ पुगेका छन्।

त्यसमा सबैभन्दा बढी छिमेकी मुलुक भारतका ६० प्रतिशत (करिब ३५ हजार) छन्। दोस्रो नम्बरमा फ्रेन्च छन्। तेस्रो नम्बरमा जर्मनी र चौथोमा अमेरिकी छन्। पाँचौं नम्बरमा बेलायत, छैटौंमा इजरायल, सातौंमा अस्ट्रेलिया, आठौंमा रसिया रहेको एक्यापको तथ्यांकले देखाएको नागरिकन्यूज डटकमले लेखेको छ।

Insert your Ads code here

१६ वटा मुलुकका एक–एकजनाले मुस्ताङ टेकेको दाहालले बताउनुभयो। २०२० मा नेपाल भ्रमण वर्ष मनाइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने हो भने अहिलेभन्दा बढी मुलुकका विदेशी पाहुना आउने सम्भावना रहेको उहाँले औंल्याउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!