Loading... आजः आइतबार , बैशाख १४, २०८२

१२औं बार्षिक साधारण सभा सम्पन्न


 १३ असोज २०७८

खेमराज पाण्डेय

 भजनी ७ कैलाली  पुरौना सामुदायिक वन उपभोक्ता समूहको तथा प्रतीक्षा सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ।

Insert your Ads code here

कैलालीको भजनी ७ चर्रामा रहेको पुरैना र प्रतीक्षा सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षीक साधरण सभा सभाध्यक्ष संस्थाको अध्यक्ष फुलु राम कठरिया र मनसरी देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन कार्यालय भजनीका प्रमूख दिलीप कुमार यादव रहेका थिए भने उक्त कार्यक्रमका विशिष्ट अतिथि भजनी ७का वडा अध्यक्ष अमर बहादुर कठरिया ,सव डिभिजन कार्यालय भजनी वन रक्षक प्रकाश विक, अतिथिमा स.प्र. नि.राजु सिंह भण्डारी, प्र. ना. नि. चरण सिंह बुढथापा , स.प्र.ना .नि .नरेश दत्त पन्त, चौतारा सामुदायीक वन उपभोक्ता समूहका राजेन्द्र खनाल ,वन संरक्षण प्रेमी,महिला दिदीबहिनी,भलमन्सा,समाजसेवि र पत्रकार लगाएतका उपस्थित रहेको थियो।कार्यक्रममा बोल्दै प्रमूख अतिथिले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण,तालतलेवा लाई संरक्षण गर्न ,चोरी निकासा लाई नियन्त्रण गर्नु पर्ने बताएका छन्।साथै वडा अध्यक्षले स्थानिय निकाय सधैं सामुदायिक वनलाई संरक्षण गर्न साथ दिने बताएका छन् ।

कार्यक्रममा पूरैना वन उपभोक्ता समूहले गत आर्थिक वर्ष २०७७/ २०७८मा २ लाख २४ हजार ९ सय ८५ बराबरको आयव्यय विवरण प्रस्तुत कोषाध्यक्ष चन्द्रा देवी चौधरीले गरेकी थिइन् र प्रतीक्षा सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७/२०७८मा २लाख १३हजार ५सय ६५ बराबर आयव्यय विवरण प्रस्तुत कोषाध्यक्ष सीता देवी कठरियाले गरेकी थिइन्।भने उक्त कार्यक्रमको स्वागत् मन्तव्य संस्थाकी सह सचिव राजकुमारी चौधरीले गरेको कार्यक्रमको सञ्चालक अर्जुन चौधरीले गर्नुभएको थियो।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!