Loading... आजः शनिबार , श्रावण १२, २०८१

१२४ जना संस्कृत शिक्षकलाई नोकरीबाट बर्खास्त गरेर एसकेम सरकारले युवाविरोधी तथा शिक्षाविरोधी कार्य गरेको छः एसडीएफ


गान्तोक,29 जुन। सिक्किमको एसकेएम सरकारको कार्यकाल तेह्र महिना बित्दा पनि राज्यमा जन चाहना र जन आकंक्षा परिपूर्तिका निम्ति काम एकदमै हुन नसकेको सिक्किमको प्रमुख विपक्षी दल एसडीएफले आरोप लगाएको छ। एसडीएफ प्रवक्ता कृष्ण खरेलले राज्यमा कार्यरत 124 संस्कृत शिक्षकलाई नोकरीबाट निष्कासनको सन्दर्भमा प्रेस बयान जारी गर्दै यसप्रकारको मन्तव्य व्यक्त गरेका हुन्। उनले बयानमा भनेका छन्, यो सत्यताबाट सिक्किममेली जनगण ओझेलमा परेका छैनन्‌। चुनाउ अवधिमा जनतालाई दिएको बाँचा र कसमहरू सबै हवा मिठ्ठाई सरह भएको छ। एकसौं दिन भित्रमा धेरै काम गर्ने आफ्नो वचन पुरा गर्नुको विपरित हालमा राज्यको १२४ जना संस्कृत शिक्षकहरूलाई नोकरीबाट बर्खास्त गरेर एसकेम सरकारले युवाविरोधी तथा शिक्षाविरोधी कार्य गरेको छ।
संस्कृत भाषा सबै भाषाहरूको माउ भाषा हो। देशको सबै भाषा र साहित्यको विकासको आधार स्तम्भ भनेको नै संस्कृत भाषा हो। आजको परिप्रेक्ष्यमा यस भाषाको संरक्षण सम्वर्द्धन गर्न हरेक भारतीय नागरिकको दायित्व बनेको छ। यस्तो दायित्व निर्वाह गर्न संस्कृत भाषालाई विद्यालय स्तरमा पठन पाठन गराउने राज्यमा सञ्चालित एउटा महत्त्वपूर्ण कार्यक्रम रहिआएको छ। एसडीएफ पार्टीको नीति- सिद्धान्तनै प्रजान्त्र, समावेशी र समानता रहेको छ। यही नीति-सिद्धान्तको आधारमा एसडीएफ सरकारले आफ्नो सम्पूर्ण कार्यकाल भरी सिक्किमको सर्वाङ्गीन विकाससँगै सबै भाषा-साहित्य, संस्कृति र परम्पराको विकास, संरक्षण र सम्वर्द्धनको धेरै कार्य सम्पन्न भएको छ। यति मात्र नभएर शिक्षाको क्षेत्रमा अहम कार्यहरू गरेर सिक्किमेली समाजलाई शिक्षित र सम्पन्न तुल्याउने पहल भएको जगजाहेर विषय हो। त्यसैअन्तर्गत संस्कृत भाषाको विकासमा धेरै महत्त्वपूर्ण कार्य गरेर विद्यालय स्तरमा पठन पाठनको सुरुवातसँगै सन्‌ १९९७-मा पश्चिम जिल्लाको गेजिङमा संस्कृत महाविद्यलाय स्थापना गरेर संस्कृत भाषा विकासमा महत्त्वपूर्ण पहल गरेको छ । यस पहलले संस्कृत भाषाको विकाससँगै राज्यको संस्कृत भाषा ज्ञाता तथा शिक्षित युवावर्गलाई बहुमूल्य अवसर दिलाउन सफल बनेको थियो उनले थपेका छन्।

प्रवक्ता खरेलले अझ भनेका छन् वर्तमानमा संस्कृत भाषा जस्तो महत्त्वपूर्ण भाषालाई पठन पाठन गर्ने शिक्षकवर्गलाई बर्खास्त गर्नु भनेको अत्यन्त निन्दनीय कार्य हो। यस प्रकारको निन्दनीय कार्यले एसकेएम सरकारले संस्कृत भाषालाई प्राथमिक स्तरबाट नै मास्न चाहेको बुझिन्छ। यति मात्र नभएर बर्खास्त बनेका ती शिक्षकहरूको जीवन यापनमा ठुलो धवा बोलेको स्पस्ट हुन्छ। आज १२4 जना शिक्षित युवावर्ग बेरोजगार बनेको छ। यसप्रकारको युवाविरोधी कार्यको एसडीएफ पार्टी खण्डन गर्दछ। कोभिड-१९ को महामारीको यो समयमा जनतासित सम्बन्धित हरेक समस्याको सामधान गरेर जनताप्रति प्रतिबद्ध रहन एसकेएम सरकारको दायित्व हो। आफ्नो दायित्वलाई निर्वाह गर्नुको साटो यसप्रकारको कार्य राज्यमा हुनु निन्दनीय छ उनले भनेका छन्।
यसप्रकारको कार्यले राज्य सरकारमा आर्थिक योजना अत्यन्त कमजोर रहेको अनि जनता तथा सम्पूर्ण युवाको पक्षमा एसकेएम सरकार सिरियस नरहेको एसडीएफ पार्टी ठहर गर्दछ। यसका साथै १२4 जना संस्कृत शिक्षकहरूलाई बर्खास्त गरिएकोमा घोर भत्सर्न जनाउँदै यी सबै शिक्षकहरूले समयमा नै उचित न्याय दिनुपर्ने माग पनि प्रवक्ता खरेलले गरेका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!