Loading... आजः शनिबार , श्रावण १२, २०८१

१२ बर्ष देखी अध्यक्षपदमा कायस्थ, पुर्न ३ बर्षका लागि चयन


सत्ती कैलाली

बिगत १२ बर्ष देखी अध्यक्ष पदमा रही धार्मिक क्षेत्रमा काम गदै आइरहनु भएका बिदुर लाल कायस्थ पुर्न ३ बर्षय कार्यकालका लागि सर्वसहमतीबाट चयन हुनु भएको छ ।

कैलालीजिल्लाको टिकापुर ७ स्थित बिश्वकै दुलर्भ प्राचिन पद्म प्रकाशेश्वर महादेव मन्दीर संरक्षण समिति अध्यक्षमा पुर्न बिदुर लाल कायस्थको नेतृत्वमा ११ सदस्य कार्यसमिति सर्वसहमतीबाट चयन गरिएको छ ।
बिहीवार बसेको भेलाले ३ बर्षय कार्यकालका लागि अध्यक्षमा बिदुर लाल कायस्थ,उपाध्यक्षमा नरेन्द्र नाथ सिह, सचिबमा भिम बि क , कोषाध्यक्ष दिनेश कुमार बैध सदस्यहरुमा रमेश खड्का , गौरब राज शाही , रम्बा देबि कडायत, माधब आचार्य , दिनेश वटाला , शिलु खतिवडा र कबिता चौधरी सर्वसहमतीबाट चयन गरेको छ ।
बिदुर लाल कायस्थ बिगत १२ बर्ष (२०६७ )साल देखी यस पद्म प्रकाशेश्वर महादेव मन्दीरको अध्यक्ष पदमा रही मन्दीर संरक्षणका साथ साथै हिन्दुधर्मको प्रचार प्रसार गदै आइरहनु भएको छ ।
अध्यक्ष विदुर लाल कायस्थले मन्दीर समितिको अध्यक्षपदमा आफुलाई सर्व सहमतीबाट चयन गरीदिएकोमा हार्दिक धन्यवाद दिदै आगामी दिनमा पद्म प्रकाशेश्वर महादेव मन्दीरको संरक्षण क्षेत्रमा काम गर्ने बताउनु भयो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!