१५ सैयाको अस्पताल निर्माण यसै बर्षः नगर प्रमुख चौधरी
बर्दिया राजापुर, भाद्र ९
राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउनन्ती गरी १५ सैयाको अस्पताल बनाउन डिपीआर तयार भइसकेको र यसै बर्ष देखी काम सुरु हुने बताउनु भएको छ ।
मंगलबार राजापुर प्राथमिक स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा कार्यक्रम तथा अत्याधुनिक एक्सरे ल्यावको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो । नगर प्रमुख चौधरीले प्राथमिक स्वास्थ्य केन्द्रराजापुरलाई कसरी जनताको सेवाका लागि प्रभावकारी बनाउन सकिन्छ भन्नका लागि र थप सेवा प्रदान गर्न आवश्यकउपकरणहरु उपलब्ध गराइरहेको बताउदै प्राथािम स्वास्थ्य केन्द्रलाई व्यवस्र्थीत प्रभावकारी बनाउन १५ र्सैयाको अस्पताल निर्माणका लागि डिपीआर बनाउने काम सम्पन्न भइसकेको र यसै बर्ष देखी यसै अस्पतालको नजिक क्षेत्रमा अस्पताल बनाउने काम सुरु हुने बताउनु भयो ।
वहाँले थारुजाातीमा देखीने सिकलसेल उपचारका लागि सिकलसेल चेकजाच गर्न मेसीन उपलब्ध भइ सकेको बताउदै यस बर्ष ८ वटा समान लगभग ५०/५५ लाख बराबरको उपकरण समानहरु नगरपालिका तथा संघसस्थाको सहयोगमा उपलब्ध गराईएको बताउदै राजापुर नगरपालिका र यूनिक नेपालको साझेदारीमा लास राख्ने मरच्युरी च्याम्बर (लास राख्ने फ्रिज) को पनि व्यवस्था गरीएको बताउदै उपकरण व्यवस्थापन गर्न आवश्यक जनशक्ती कसरी कसरी व्यवस्थापन गर्न सकिन्छ त्यस विषयमा छलफल भइरहेको बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्र राजापुरलाई डिजिटल एक्सरे १ थान, सि.आर मेसिन १ थान, एनालाईजर रिएजेन्ट सहित १ थान, कुल्टर रिएजेन्ट सहित १थान, राटेटर १थान सेन्टिफ्युज १थान , भ्याक्सिन फ्रिज ८० लिटरको १ थान र मरच्युरी च्याम्बर १ थान समान ननगर प्रमुख चौधरीले डा .बिराज पन्थी हस्तान्तरण गर्नु भएको थियो ।
राजापुनगरपालिका स्वास्थ्य शाखा सहसंयोजक हरीलालचौधरीले संचालन गर्नु भएको कार्यक्रममा राजापुरनगरपालिका वडा नं १का अध्यक्ष खुसीराम चौधरी वडा नं ३का अध्यक्ष बिष्णु प्रसाद खनाल वडा नं ४का अध्यक्ष रमन कुमार रेग्मी वडा नं का अध्यक्ष मथुरा प्रसाद थारु , वडा नं ९का अध्यक्ष बिष्णु प्रसाद थारु, राजापुनगरपालिका स्वास्थ्य शाखा संयोजक गणेश प्रसाद अर्याल राजापुर नगरपालिका १ देखी १० वडामा रहेका स्वास्थ्य सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको पत्रकारहरुको उपस्थित रहेको थियो ।