Loading... आजः शनिबार , श्रावण १२, २०८१

२०१९ मा एक लाख ७० हजार चिनियाँद्वारा नेपालको भ्रमण


सन् २०१९ मा नेपालमा कम्तीमा १ सय ७० वटा देशका नागरिकले भम्रण गरेका छन्। अध्यागमन विभागले यसै साता तयार पारेको सन् २०१९ को स्वदेशी तथा विदेशी आगमन प्रतिवेदन अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य सडक नाकाबाट कम्तीमा १ सय ७० वटा मुलुकका नागरिक नेपाल आएको देखिन्छ। अध्यागमन विभागका अनुसार, नेपाल छिर्ने एउटा हवाई नाकाबाहेक १२ वटा सिमानामा सडक नाका रहेका कान्तिपुर अनलाइनले लेखेको छ।

सन् २०१९ मा सर्वाधिक नेपाल आउने विदेशीहरुमा सबैभन्दा धेरैमा विगत वर्षहरुमा झैं भारतीय र चिनियाँ छन्। भारतबाट मात्रै २ लाख ९ हजार ६ सय ११ र चीनबाट १ लाख ६९ हजार ५ सय ४६ पर्यटक नेपाल आएका थिए।

विभागका महानिर्देशक इश्वर राज पौडेलका अनुसार, सन् २०१९ मा यी मुलुकबाट ११ लाख ५२ हजार विदेशी नेपाल प्रवेश गरेको देखिन्छ। अध्यागनको तथ्यांक प्रतिवेदन अनुसार, सन् २०१९ मा विभिन्न नाकाबाट ११ लाख ५२ हजार ५ सय १ विदेशीको नेपाल आगमन भएको थियो भने १३ लाख २० हजार नेपाली विदेशतर्फ लागेका थिए। त्यस वर्ष नेपाली र विदेशी दुवै गरी २३ लाख ९० हजारको आगमन भएको थियो भने २४ लाख ७६ हजार बाहिरीएका थिए।

Insert your Ads code here

यी मुलुकपछी नेपाल आउने अन्य प्रमुख मुलुकका नागरिकहरुमा संयुक्त राज्य अमेरिकाबाट ९३ हजार ९ सय ४१, बेलायतबाट ६१ हजार ९ सय ७८, श्रीलंकाबाट ५४ हजार ६ सय ३, थाइल्याण्डबाट ४१ हजार ६ सय ६५, जर्मनीबाट ३७ हजार १ सय ७९, म्यानमारबाट ३५ हजार ७ सय ९३, फ्रान्सबाट ३१ हजार १ सय १५ र जापानबाट ३० हजार ५ सय ३० विदेशी नेपाल आएका थिए। सन् २०१८ मा नेपाल घुम्न आउने प्रमुख ५ मुलुकमा भारत र चीनपछि संयुक्त राज्य अमेरिका, श्रीलंका र बेलायत थिए।

सन् २०१९ मा राष्ट्रियता पहिचान नभएका १ सय ७१ जना विदेशी पनि नेपाल आएका थिए। यी मध्ये ६८ महिला थिए भने १ सय ३ जना पुरुष थिए। विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार, मुलुक नै पहिचान नहुने गरी नेपाल आउने मध्ये केही तेस्रो मुलुक प्रवास भएका शरणार्थीहरु थिए। जो तेस्रो मुलुकको ट्राभल डकुमेन्ट लगायतका कागजातका आधारमा नेपाल भित्रिएका थिए।

सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए। अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा २० हजार कम हो। सरकारले चालु अंग्रेजी वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!