मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहँदा पनि कोरोना भाइरस संक्रमण दर पनि उकालो लागेको छ। बितेको २४ घण्टामा देशभर १ हजार २ सय २१ जना संक्रमित भएका छन्।
१२ हजार ७ सय १७ जनाको कोरोना पीसीआर परीक्षण गर्दा १ हजार २ सय २१ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या पुनः बढेको छ। उपत्यकामा आइतबार ४ सय २९ जना संक्रमित भए। काठमाडौंमा ३७२ जना, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित भए।
Insert your Ads code here
पछिल्लो २४ घण्टामा २ सय ६७ जना डिस्चार्ज भए। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ।