Loading... आजः शनिबार , श्रावण १२, २०८१

२५६४अाैं बुद्ध जयन्तीको अवसरमा प्रचण्डको शुभकामना


फाइल तस्बिर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५६४अाैं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै “नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन्। बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं।” भन्नुभएको छ।

२५६४अाैं बुद्ध जयन्तीको अवसरमा जारी शुभकामना सन्देश:

शुभकामना

Insert your Ads code here

२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनसमुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन्।

बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं।

सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता हो। यही विशेषताले नै अहिले संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने ताकत र उर्जा पैदा हुन सक्छन्। यस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने मैले विश्वास लिएको छु।

त्यसैगरी आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!