बर्दियामा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज बाँके र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद तरिकाले रोयल इन्फिल्ड मोटरसाइकलमा सवार एक जनालाई रोकि खानतलासी गर्दा २७ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम राज शाहीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं.-२ खैरापुर बस्ने ३५ बर्षिय अकलेश यादव रहनुभएको छ । उहाँलाई प्रहरीले गुलरिया नगरपालिका वडा नं.- ५ शहिद गेटबाट पक्राउ गरेको हो ।