Loading... आजः मंगलबार , भाद्र २५, २०८१

२८औं बार्षिक साधारण सभा सम्पन्न


भजनी ११असोज२०७८

खेमराज पाण्डेय

कैलालीको भजनी ४धनौरामा रहेको श्री प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

Insert your Ads code here

प्रगतिशील वन उपभोक्ता समूहको २८औं वार्षीक साधरण सभा सभाध्यक्ष संस्थाको उपाध्यक्ष बेलसरा साउदको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं ४का वडा अध्यक्ष जन्ता राम चौधरी रहेका थिए भने उक्त कार्यक्रमका विशिष्ट अतिथि भजनी रेन्जपोष्ट समन्वय समितिका भजनीका अध्यक्ष बिजय राज श्रेष्ठ ,सव डिभिजन कार्यालय भजनी वन रक्षक प्रकाश विक, अतिथिमा वन संरक्षण प्रेमी,महिला दिदीबहिनी,भलमन्सा,समाजसेवि लगाएतका उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमूख अतिथिले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण,तालतलेवा लाई संरक्षण गर्न स्थानिय निकाय सधैं साथ दिन बताएका छन्। कार्यक्रममा प्रगतिशील वन उपभोक्ता समूहले गत आर्थिक २०७७/ २०७८मा ७ लाख ५४ हजार ५ सय ६७ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

आगामी आर्थिक वर्ष २०७८/२०७९ अनुमानित वार्षीक कार्यक्रम ७९२५८४.११ समुहका सचिव अतरानी कुमारी चौधरीले प्रस्तुत गरेकी थिइन्। साथै २८औं सभा बाट अध्यक्षमा दीपक चौधरी,कोषध्यक्षमा तुली बुढामगर, सदस्य मा खड्क बहादुर मल्ल, संगीता चौधरी सव सहमति बाट चयन गरिएको छ।साथै साधरण सभा बाट चोरी शिकारी,समिति गठन गरेको छ।जसको संयोजकमा उदैराम चौधरी सहित छ सदस्यीय नयाँ समित गठन गरेको छ।कार्यक्रमको स्वागत् मन्तव्य कार्यसमिति सदस्य तुलि बुढामगरले गरेको कार्यक्रमको सञ्चालक दीपक चौधरीले गर्नुभएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!