४ दिने व्यवसाय सचेतना तथा लैङ्गिक समानता र सामाजिक समावेशिकरण तालिम
बर्दिया राजापुर
२०७८ माघ १० गते प्रकाशित
राजापुरनगरपालिका वडा नं ५झप्टीगाउमा ४ दिने व्यवसाय सचेतना तथा लैङ्गिक समानता र सामाजिक समावेशिकरण तालिम आईतबारबाट सुरु गरिएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उद्यमशिलता विकास सम्वन्धी ४ दिने व्यवसाय सचेतना तथा लैङ्गिक समानता र सामाजिक समावेशिकरण तालिम राजापुर नगरपालिका को कार्यालयको आयोजनामा गरिएको हो ।
तालिमको एक कार्यक्रम बिच प्रमुख अतिथी राजापुर नगरपालिकाका नगर प्रमुख शिब प्रसाद चौधरीले उद्घाटन गदै आफ्नै घरमा काम गरेर आर्थिक वृद्धि गराउने उद्देश्यले राजापुर नगरपालिकाले उद्यमशिलता तालिम प्रदानहरु प्रदान गदै आइरहेको बताउदै सिकेका सिप, व्यवसायलाई अलि व्यवस्र्थीत अझै प्रभावकारी, नाफामुखी कसरी बनाउने भन्ने बिषयमा तालिमहरु चलाई रहेको , यस तालिम पछि शिपविकासका तालिम प्रदान गरीने र अति विपन्न्का लागि तालिम पश्चात काम गर्नका लागि केही सहयोग गर्ने बताउनु भयो ।
वहाँले धेरै मान्छेहरु तालिम लिने तर काम नगर्ने गरेको ले जुन बिषयमा काम गर्ने हो त्यो तालिम सिप सिक्नु पर्ने बताउनु भयो ।
वडा नं ५का अध्यक्ष राम बहादुर थारुको सभापत्तिवमा भएको तालिममा वडा अध्यक्ष थारुले उद्यमी बनेपछि आर्थिक स्तीथी सुधार आउन भएकोले राजापुर नगरपालिका वडा नं ५को गरीवी रेखामुनी रहेको सुकुम्बासी ,दलित बस्ती भएको ८५ घर धुरी बाट १७ जनालाई तालिम प्रदान गरेको बताउदै तालिम पश्चात उद्यमी कर्तालाई अझ राम्रो बनाउन थप कार्यक्रम आउने भएकोले ध्यानपुर्वक निरहन्तररुपमा तालिममा केन्द्रित भई सिप सिक्नु पर्ने बताउनु भयो ।
कार्यक्रम संचालन गदै कार्यक्रमको उद्देश्य वारे राजापुर नगरपालिका उद्यमशिलता विकास प्रमुख पुर्ण ओलीले हामीमा उद्यमशिलता विकास हुन आवश्यक रहेकोले हामी संग भएको सिप कसरी संचालन गर्ने त भन्ने वारेमा तालिम दिन खोजीएको बताउदै उद्यमी बनी आम्दानी गर्न के के गर्नुपर्छ त ? हामीले गर्दे आइरहेको व्यवसायलाई कसरी व्यवस्र्थीत गर्ने नाफा घाट कसरी पत्ता लगाउने वारेमा र आर्थिक सुधार ल्याउन तालिम प्रदान गरिएको बताउनु भयो ।
कार्यक्रममा टोलका बरघर टेकराज चौधरी, निवर्तमान बरघर चन्द्रलाल चौधरी सहभागि पत्रकारहरु उपस्थित रहेको थियो ।