Loading... आजः शनिबार , माघ ५, २०८१

५७ लाख ८१हजार ७० कुल मुनाफा गर्दै नारी कल्याण साना किसान कृषि सहकारी सस्था लि.को १३ औं बार्षिक साधारण सभा सम्पन्न


बर्दिया , गोडियाना
नारीकल्याण साना किसान कृषि सहकारी सस्था लि राजापुर नपा ९ गोडियानाको १३ औ बार्षिक साधारण सभा गत बुधबार सम्पन्न भएको छ ।
२०६८ साल चैत्र ९ गते आदीवासी थारु मुक्त कमैया सुकुम्वासी र विपन्न महिला सदस्यहरु आर्थिक, सामाजिक, सास्कृतिक उन्नती गर्न र समानमा गरीवी न्यूनिकरण गर्ने समृद्ध एव दिगो सहकारी बनाउने परिकल्पना लिई स्थापना भएको नारीकल्याण साना किसान कृषि सहकारी सस्था लि.ले १३ औं बार्षिक साधारण सभा गरीरहदा आर्थिक बर्ष २०८०/०८१मा रु ५७ लाख ८१हजार ७० कुल मुनाफा गर्न सफल भएको जनाएको छ ।


नारीकल्याण साना किसान कृषि सहकारी सस्था लि अध्यक्ष लोकमाया कुवरको सभापत्विमा भएको सभाका प्रमुख अतिथी नेपाल कृषि केन्द्रिय संघका उपाध्यक्ष पूर्ण शर्मा, बिशिष्ट अतिथी राजापुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष बिष्णु प्रसाद थारु , जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष तथा बसन्त साना किसान कृषि सहकारी सस्था लि.बदालपुरका अध्यक्ष प्रतिमा चौधरी,साना किसान लधुवित्त बित्तिय सस्था लि.शाखाका राम जनक चौधरी, जिल्ला कृषि सहकारी संघका सचिब डम्बर के.शी रहनु भएको थियो ।

Insert your Ads code here

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्ण शर्माले सेयर सदस्यहरुले सस्था किन जन्मायौ त्यो बुझन जरुरी रहेको बताउँदै, हिजोका दिनमा आफुले यस क्षेत्रको महिला दिदी बहिनीहरुको जिवनस्तर सुधार ल्याउन बिधी प्रक्रिया पुरा गरी सहकारीको स्थापना गर्न भूमिका खेलेको सहकारीमा आज १४ सय भन्दा बढी सेयर सदस्यहरु रहेको हुदा धेरै खुसी लागेको, सहकारीको भवन स्थापना गर्न भूमिका खेल्नुहुने वडा अध्यक्ष बिष्णु प्रसाद थारु प्रति धन्यवाद दिदै सहकारीमा धेरै दुख कष्ट गरी सेयर सदस्यहरुले जम्मा गरेको रकम भएकोले यसको वारेमा सेयर सदस्यहरुले बुझ्न जरुरीरहेको, उद्मी बन्न अब रु ५ लाख देखी ५० लाख सम्म ऋण पाउन सकिने , सेयर सदस्यहरुका लागि प्रति बर्ष २४० रुपैयामा ३ लाख सम्मको म्यादी विमा कार्यक्रम लागु भइरहेको जानकारी दिनु भएको थियो ।


सचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लोकमाया कुवरकोे २०८०/०८१ सम्मसमूह सख्या२७१, सदस्य सख्या १४१६, ऋणी सख्या ६५०, रहेकोमा ऋण लगानीरु ४ करोड १५लाख , कूल सावा असुली रु ६ करोड १५ लाख ६६ हजार, कूल ब्याज असुली रु १करोड ७४लाख ५८ हजार६९५। बर्षको अन्त्यमा संस्थाको सदस्यहरुमा लगानी रहि रहेको ऋण रु ११करोड १०लाख ८८हजार १७० निक्षेप सक्कलन बचत खाताहरुमा रु ३ करोड ६६ लाख ५५ हजार २९८, र फिर्ता रु २ करोड ७ लाख १३ हजार ८५२ गरी निक्षेप व्याज रु ६० लाख २३ हजार १४८ गरी बर्ष को अन्त्यमा रु ८ करोड ५२ लाख २३ हजार ४२४ रहेको छ । भने कोष बाँडफाड तर्फ खर्च कटाई बाँकी रहेको कुल मुनाफा रु ५७ लाख ८१हजार ७०,बाट आयकर वाफत कर कट्टा गरी खुद नाफा रु ५२लाख ५४हजार७०९,जगेडा कोषमा रु १३लाख १३हजार ६७७। बाकी रहेको रु ३९ लाख ४१ हजार ३२ मध्ये बाट शेयर लाभांश कोषमा रु १७ लाख ६१ हजार ६४१, संरक्षित पुजी कोषमा रु ९लाख ८५ हजार २५८, कर्मचारी बोनस कोषमा रु ४ लाख ४० हजार ४१०, सहकारी शिक्षा कोषमा रु १ लाख ४६ हजार ८०३, सहकारी विकास कोषमा रु १ लाख ४६ हजार ८०३, घाटापूर्ती कोषमा रु १ लाख ४६ हजार ८०३, सहुलियत कर्जा लगानी कोषमा रु १ लाख ४६ हजार ८०३, जोखिक व्यवस्थापन कोषमा रु १ लाख ४६ हजार ८०३, सहकारी प्रबर्धन कोषमा रु १९ हजार ७ सय ५ रहेको जानकारी दिनु भएको थियो ।


प्रबन्धक पार्वती चौधरीले संचालन गर्नु भएको सभामा नारीकल्याण साना किसान कृषि सहकारी सस्था लि.का उपाध्यक्ष मुन्नी देवी थारुले स्वागत मन्तव्य दिनु भएको सभामा बिशिष्ट अतिथी राजापुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष बिष्णु प्रसाद थारु, जिल्लाकृषि सहकारी संघका उपाध्यक्ष तथा बसन्त साना किसान कृषि सहकारी सस्था लि.बदालपुरका अध्यक्ष प्रतिमा चौधरी,साना किसान लधुवित्त बित्तिय सस्था लि.शाखाका राम जनक चौधरी, जिल्ला कृषि सहकारी संघका सचिब डम्बर के.शी रहनु शेयर सदस्य अन्जु चौधरी, नि वर्तमान वडा ९का सदस्य रबिन्द्र मल्लहरुले शुभ कामना मन्तव्य राखेका थिए ।


सभामा व्यवसायिक तरकारी खेती तर्फ विसरी थरुनी, चमेली चौधरी,उर्मिला चौधरी, व्यवसायिक पशुपालनतर्फ बंगुर पालन सुनिता देवी थारु, बाख्रा पालन पिमा कुमारी खत्री र दिल कुमारी आले, भैसी पालन कृष्णा ढुङ्गाना, माछा पालन सुघरपति चौधरी, भेडा पालन सुगन्ती थरुनी,जेष्ठ शेयर सदस्य पबित्रा राना,जसु देवी जैसी, गुल्पी थरुनी, शेयर सदस्य परिवारका छोरी छोरी मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याउने तेरिस थापा, सुदन थारु, जमुना थारु, योगेश जैसी लगायत उत्कृष्ट अन्तर समूहहरुलाई सम्मान गरीएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!