Loading... आजः आइतबार , माघ २७, २०८१

६ महिनामा २० हजार ४ सय ३३ सवारी चालकलाई कारबाही


काठमाडौँ उपत्यका महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको बताएको छ। महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै साउन यता ती सवारी चालकहरुलाई कारबाही गरेको बताएको कान्तिपुर अनलाइनले लेखेको छ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीम प्रसाद ढकालले जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढोका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लायतका सवारीचालकहरुलाई कारबाही गरिएको बताउनुभयो। उहाँले पुस १ गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिएको समेत बताउनुभयो। जस अन्तर्गत ४५ हजार १ सय ४७ जना पैदलयात्री, १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारीचालकलाई सचेतना गराइएको बताउनुभयो।

यसबाहेक ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन गरिएको, यात्रुमैत्री अभियान सुरु गरिएको, ट्राफिक जाम कम गर्न विभिन्न प्रयास तथा सडक पूर्वाधार सुधारका लागि तयार पारिएको ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनाको कार्यान्वयनमा जोड दिइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो।

Insert your Ads code here

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिइएको र ९ वर्षदेखि बिग्रिएर रहेका १७ स्थानका ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याइएको ढकालले बताउनुभयो। साउन यता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको उहाँले बताउनुभयो।

महाशाखाले आइतबार पनि चोरी भएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!