Loading... आजः आइतबार , बैशाख १४, २०८२

६ वटा मुद्दाकाे साथमा गाेजमुमाे अघि बड्ने


दार्जिलिङ,22 अगस्त। गाेर्खा जनमुक्ति माेर्चा केन्द्रीय समितिले आज केन्द्रीय समितिकाे सदस्यहरू,भातृ संगठनका पदाधिकारीहरू,दार्जिलिङ महकुमा समिति,कालेबुङ जिल्ला समिति,खरसाङ महकुमा समिति अनि मिरिक साैरेनी पानीघट्टा महकुमा समितिका प्रतिनिधि हरूलाई सहभागी गराई एउटा साँगठनिक सभा साैरेनीमा गर्याे।गाेजमुमाे अध्यक्ष विनय तामाङ अनि गाेजमुमाे महासचिव एंव जीटीए अध्यक्ष अनित थापाकाे उपस्थितिमा भएकाे सभामा माेर्चा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे।सभाले ६ वटा मुख्य विषयहरूमा चर्चा गर्दै उक्त मुद्धाहरूलाई लिएर अबउसाे सक्रिय कार्य गर्ने निर्णय गरेकाे सभापछि पत्रकारहरूलाई सम्बाेधन गर्दै माेर्चा अध्यक्ष विनय तामाङले बताए। तिनले ६ वटा मुद्दाहरू चियाकमान,सिन्काेना बगान।डी आई फण्ड एरिया,फरेष्ट,डेपलाेपमेन्ट खरसाङ,दार्जिलिङ ,कालेबुङमा लीजल्याण्ड अादि क्षेत्रमा बसाेबास गर्ने मानिसहरूलाई जमीनकाे पर्चा पट्टा वितरण गरिनु पर्ने,जीटीए क्षेत्रमा रहेका आठवटा खण्डहरूलाई बडाएर १५ वटा गरिनपर्ने,महकुमाहरूकाे विस्तार साथै मिरिक महकुमालाई पूर्ण महकुमा बनाइनु पर्ने,दार्जिलिङ नगरपालिकालाई नगर निगमकाे दर्जा प्रदान साथै अर्धघाेषित मिरिक नगरपालिकालाई पूर्ण नगरपालिकाकाे दर्जा प्रदान गर्नु पर्ने रहेकाे बताए।तामाङले पार्टीकाे पक्षबाट अाफू अनि जीटीए बीअाेए अध्यक्ष अनित थापाले केन्द्रसरकार समक्ष पत्रचार गरिने पनि निर्णय भएकाे जानकारी गराँउदै पार्टीको पक्षबाट गाेर्खाहरूकाे चिन्हारी,अस्तीव र सुरक्षाकाेलागि देशका प्रधानमन्त्री नरेन्द्रमाेदी ,गृहमन्त्री अमित शाहलाई पत्रचार गरिने अनि अर्काे पत्र प्रधानमन्त्री अनि विदेशमन्त्रीलाई चाँडाे भन्दा चाँडाे भारत नेपाल संन्धी १९५० साल संशाेधन अनि धारा सात हटाँउने माग साथै ११ जात गाेष्ठीलाई जनजातिकाे दर्जा प्रदान गर्ने माग गरिनेछ भने।तामाङले जीटीएकाे पक्षबाट जीटीए बीओए अध्यक्ष अनित थापाले प्रधानमन्त्री ,वृत्तमन्त्री लाई सम्पूर्ण जीटीए क्षेत्रलाई ट्याक्स हाेली डे जाेन घाेषणा गर्नु पर्ने अनि डाेनर घाेषणा गरिनु पर्ने मागमा पत्रचार गर्नेछ भने।थापाले चियाकमानमा न्युनतम मजदुरी ऐन लागू गर्नु पर्ने मागमा पनि इन्ड्र्ट्रियल एण्ड कर्मस मन्त्री,टी बाेर्ड,टी एडभाइजरी बाेर्डमा पत्रचार गर्ने आजकाे सभाले निर्णय गरेकाे बताए। तिनले चुनाउ आयुक्तलाई थप विधान सभा आसनकाे विस्तार २०२६सम्म गरिने मागमा पनि पत्रचार गरिनेछ भने।तिनले उपराेक्त विषयहरूमा गाेर्खा जनमुक्ति माेर्चाले अघिबाट कार्य गरिरहेपनि अब उसाे उक्त मुद्धाहरूमा पार्टीले सक्रिय कार्य गर्नेछ जसकाेलागि के कस्ताे कार्यक्रमहरू गर्न पर्नेहाे हामीले सभामा सबैलाई जानकारी दिएका छाै भने ।तामाङले हामीले राखेका ६ वटा मुद्दाहरू मध्ये चारवटा राज्य सरकार,एकवटा केन्द्र सरकार अनि एक वटा भारतकाे चुनाउ आयाेगसित सम्बन्धित रहेकाे कारणले केन्द्र अनि राज्य सरकार समक्ष गाेजमुमाे पार्टी अध्यक्ष विनय तामाङ अनि जीटीएकाे पक्षबाट जीटीए बीओए अध्यक्ष अनित थापाले पत्रचार गरेर जनताकाे हितमा कार्य गर्नेछ भने।तिनले जमीनकाे पर्जापट्टा विषय लिएर हामीले गम्भीरताशीत कार्य गरिरहेका छाै।हामी जनतालाई अाफ्नाे जमीनकाे मालिकना अधिकार दिलाएर छाड्ने छाै भन्दै कतिपय ठाँउहरूमा वाममाेर्चा सरकारकाे पालाेमा दलिल पत्र वितरण गरिए पनि पश्चिम बंगाल ल्याण्ड एण्ड ल्याण्ड्रीफर्म एक्ट १९५५ मा अन्तुर्भुक्त भएकाे छैन ।यश विषयमा पनि हामीले कार्य गर्नेछाै भने।तिनले दार्जिलिङ नगरपालिकालाई नगर निगमकाे दर्जा प्रदान गर्नु पर्ने बिषयमा बाेल्दै दार्जिलिङ नगरपालिका पश्चिम बंगालकाे सबैभन्दा पुरानाे ब्रिटिसकालीन नगरपालिका हाे।जसलाई १९९० सालदेखि नै नगर निगम बनाँउने माग भइरहेकाे छ।तर दार्जिलिङ नगरपालिका भन्दा कान्छाे नगरपालिकाले नगर निगमकाे दर्जा पायाे तर दार्जिलिङले पाउन सकेकाे छैन।यसैले याे मुद्धालाई अब हामी सक्रिय अघि बडाँउने छाै भने।तामाङले थप अलग खण्ड विकास कार्यालयबारे जानकारी गराँउदै हाल जीटीए क्षेत्रमा अाठवटा खण्ड रहेकाे १२ वटा ग्राम पन्चायत रहेकाे छ।२००५ देखि पहाडमा पन्चायती राज छैन।यस्ताेमा हाल जनसंख्या धेरै बडेकाे छ।यसैले थप सातवटा नयाँ विकास निर्माण हुनपर्छ भन्ने माग हामीले गरेका छाै भने।तिनले बिजनबारी २३ वटा ग्राम पन्चायत भएकाे राज्यकाे नै ठूलाे खण्ड हाे जसलाई विभक्त गर्नु अावश्यक छ भन्दै हामीले कम्तीमा१७३ वटा ग्राम पन्चायतकाे माग गरेका छाै भने।तामाङले कालेबुङ जिल्ला भएपछि थप महकुमाहरूकाे माग हामीले गरिरहेका छाै भन्दै कालेबसङ जिल्लामा कालेबुङ सदर,अलगडा पेदुङ अनि गाेरूबथान कुमाई जलढक्का अनि दार्जिलिङमा विजनबारीलाई महकुमाकाे दर्जा प्रदान गर्नुपर्ने मागलाई अब तीब्र गरिनेछ भने। विनय तामाङले तीनवटा विधानसभा अासनलाई बडाएर ६ वटा गर्नु पर्ने हाम्राे माग रहेकाे छ भन्दै पहिला जाेरबङलाे विधान सभा अासन थियाे पछि हटाइयाे फेरि हामी जाेरबङला,मिरिक ,साैरेनी ,पानीघट्टा अादि क्षेत्र अनि गाेरूबथान,समसिङ,कुमाई,झाेलुङ,बाग्राकाेट,राेङ्गाे,जलढक्का,ताेदेदाङदा अादि क्षेत्रलाई लिएर विधान सभा क्षेत्र निर्माण गरियाेस भन्ने हाम्राे माग छ भने। तामाङले जसरी सिमावर्ती क्षेत्रहरूलाई ट्याक्स फ्री जाेन भनेर घाेषणा गरिएकाे छ उसरी नै सिक्किम राज्य लगायत अन्तर्राष्ट्रिय सीमामा रहेका जीटीएक्षेत्रलाई ट्याक्स फ्री जाेन घाेषणा गर्नु पर्ने अनि सातवटा राज्यमा जीटीएले साघुकाे काम गरिरहेकाेले यसलाई डाेनरमा अन्तर्भुक्त गर्नु पर्ने मागमा जीटीएले केन्द्र सरकारका सम्बन्धित मन्त्रीहरूसित पत्रचार गर्नेछ अनि उपराेक्त विषयहरूमा पार्टीले अब सक्रिय कार्य गर्नेछ भने।(मुस्कान खेसाङ)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!