७७ लाख भन्दा बढी मुनाफा गर्न सफल बसन्त साना किसान कृषि सहकारी सस्था लि
बर्दिया ,बदालपुर
बसन्त साना किसान कृषि सहकारी सस्था लि को १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२०७१ सालमा स्थापना भएको बसन्त साना किसान कृषि सहकारी सस्था लि. राजापुर नगरपालिका ५ बदालपुरले १० औ बार्षिक साधारण सभा गरी रहदा खुद मुनाफा रु ७७ लाख ५ हजार ३७४ गर्न सफल भएको छ ।
बसन्त साना किसान कृषि सहकारी सस्था लिका अध्यक्ष प्रतिमा चौधरीको सभापत्विमा भएको सभाका प्रमुख अतिथी नेपाल कृषि केन्द्रिय संघका उपाध्यक्ष पूर्ण बिशिष्ट अतिथी नेपाल कृषि केन्द्रिय संघका सदस्य हरी अधिकारी,साना किसान विकास.लघुबित्तीय.सस्था.लि नेपालगन्जका शाखा प्रबन्धक ्िबशाल तुलाधर रहनु भएको थियो ।
सचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रतिमा चौधरीले २०८०/०८१ सम्म १६८ समूह सख्या ८९१ सदस्य सख्या, ५०६ ऋणी सख्या, रु २८,६६,६५,४६२। ऋण लगानी कूल असुली रु २२,८५,७८,७१४।, कूल ब्याज असुली रु ३,०६,०७,५०६। बर्षको अन्त्यमा संस्थाको सदस्यहरुमा लगानी रहि रहेको ऋण रु २९,८१,३७,८२५ निक्षेप सक्कलन बचत खाताहरुमा रु ७,३५,७२,७३६, संकलन रु ५,६६,३४,४६२, फिर्ता गरी बर्षको अन्त्यमा रु ८,०८,७५,६४२ निक्षेप मौन्दात रहेको, कोष बाँडफाड तर्फ खर्च कटाई बाँकी रहेको कुल मुनाफा रु ७७,०५,३७४।बाट आयकर वाफत कर कट्टा गरी खुद नाफा रु ६९,९५,०००।जगेडा कोषमा रु १७,४८,७५०। संरक्षित पुजी फिर्ता कोषमा रु १३,११,५६३। सहकारी प्रर्वधन कोषरु २६२३१। छुट्याई बाँकी रहेको रु ३९,०८,४५६। रहेको जानकारी दिनु्हुदै सहकारीले व्यवसाय कर्जा तर्फ बढिमा रु ३० लाख सम्म , ग्रामिण उद्यम कर्जा तर्फ किसानलाई रु५ देखी ५० लाख सम्म, साथै कर्जा अधिकतम सिमा, सुनौलो भविष्य समवृद्धि कर्जा, तरकारीमा आत्मनिर्भर कर्जा, धितो रोक्का सम्बन्धी र सुत्केरी पोषण कार्यक्रम ऋणहरु सस्थाले प्रदान गर्दै आइरहेको जानकारी दिनु भएको थियो ।
add
सस्थाले गत आ.बर्ष२०७९/०८०मारु६७,८५,४१७। नाफा गरेकोमा यस आर्थिक बर्ष २०८०/०८१मा रु ७७,०५,३७४ गरी गत बर्ष भन्दा यस बर्ष रु ९,१९,९५७। बढी नाफा गर्न सफल भएको देखिन्छ ।
उत्कृष्ट बचत तर्फ बाल बचत पेषण दहित,६० बर्ष पुगेका जेष्ठ शेयर सदस्य लहिया थारु चम्फी थरुनी, जोखनी थरुनी, सिकारी थरुनी,बकुली विश्वकर्मा, उज्याली थरुनी,ठकुर्नी थरुनी, बलर्खी थरुनी,खुसिया थरुनी, बाटू न्यौपाने उत्कृत व्यवसाय तर्फ प्रतिमा चौधरी,एकल महिला तर्फ जुगरी थरुनी, बन्धिया थरुनी,सिता कुमारी थरुनी, सरस्वती कुमारी चौधरी, उत्कृष्ट तरकारी खेती तर्फ अनिता थापामगर, सचिरिया थरुनी,रुपनिया चौधरी, मिना चौधरी, भरथरिया थरुनी, उत्कृष्ट भैसी पालन तर्फ किरण चौधरी,उदय कुमारी थरुनी,शिवा थारु, सकुन्तला चौधरी, जुगमानी चौधरी। श्यामा कुमारी चौधरी, मनतुर्नी थारु, उत्कृष्ट बगुर पालन तर्फ हरिकला थारु,दाइती थारु, शारदा चौधरी, उत्कृष्ट माछा पालन तर्फ बाल कुमारी चौधरी सेयर सदस्य परिवारका सन्तान एस.ईइमा ३.१५ जिपीए ल्याएका पौरव चौधरी , ३ जि पीए ल्याएका बर्षा खनाल लगायतकाहरुलाई सम्मान गरिएको थियो ।
सेयर सदस्य उर्मिला चौधरीको घरआगलागी भएपछि राहत स्वरुप रु १० हजार नगद रकम अध्यक्ष प्रतिमा चौधरीले प्रदान गरिएको थियो ।
सहकारीका प्रबन्धक माया कुमारी बोहरा क्षेत्रीले संचालन गर्नु भएको सभामा पुर्व वडाअध्यक्ष राम बहादुर चौधरी, दिदी बहीनी साना किसान कृषि सहकारी सस्था लि राजापुरका अध्यक्ष तथा सहकारी नगर संज्यालका अध्यक्ष सिता अर्याल, समाजसेवी हेमलाल पाण्डे बडघर बेचु चौधरी लगायतकाले शुभ कामना मन्तव्य राखेका थिए ।