Loading... आजः शनिबार , श्रावण १२, २०८१

11 जातगोष्ठीको विधेयक ल्याउने दिशामा केन्द्रीय जनजाति मन्त्रीले गोजमुमोलाई दियो भरपर्दो आश्वासन


गान्तोक, 12 मार्च। गोर्खा समुदायबाट जनजाति हुनबाट छुटेका 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने विषयलाई लिएर दार्जीलिङका सांसद राजु विष्टलगायत गोर्खा जनमुक्ति मोर्चाको एउटा शीर्ष टोलीले केन्द्रीय जनजाति मन्त्री अर्जुन मुण्डालाई भेट गरेको छ। छुटेका गोर्खाको 11 जात गोष्ठीलाई जनजातिको मान्यता विषयमा लामो बहसपछि जनजाति मन्त्रालयका सचिवलाई बोलाएर यस विषयमा सम्बन्धित विभागलाई रिपोर्ट माग्न लगाइएको छ। अर्कोतिर गोजमुमोले जारी गरेको प्रेस बयान अनुसार केन्द्रीय मन्त्री मुण्डाले यस विषयमा यथाशिघ्र पहल गरेर संसदमा विधेयक ल्याउने वचन दिएको बताइएको छ। यसैगरी दार्जीलिङ अनि कालेबुङका वनवासीहरूले भोग्नुपरेको समस्यालाई सांसद राजु विष्ट र वनवासीको हितमा काम गरिरहेका लिला कुमार गुरुङले मन्त्रीलाई समस्याबारे अवगत गराएका छन्। उनीहरूले 2006-सालमा वनवासीको हितमा पारित भएको कानुन पश्चिम बङ्गालको अन्य क्षेत्रमा लागु भएतापनि अहिलेसम्म बङ्गालको पक्षपातपूर्ण नियतको कारण दार्जीलिङ र कालेबुङ जिल्लाका वनवासीहरूले न्याय नपाएको सत्य तथ्य मन्त्रीलाई अवगत गराएको बताइएको छ। अर्कोतिर दुई दिन अघिमात्र विनय समुह र तृणमूल काङ्ग्रेसका गुण्डाहरूले दिउँसै गोली हानेर दुई जना वनवासीलाई गोली हानेर घाइते बनाएको मन्त्रीलाई अवगत गराए। दुवै घाइते वनवासी अहिले उपचारमा रहेको बताएपछि जनजाति मन्त्रीले एउटा टोली चाँडै वनवासीको समस्या र दुःखेसो बुझ्न पठाएर न्याय दिने प्रतिसूति दिएको बताइएको छ। सांसद विष्ट सितको गोजमुमो टोलीमा कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा, लीलाकुमार गुरुङ, अनील लोप्चन रहेका थिए भने टोलीको अगुवाई डा. लामाले गरेको बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!