Loading... आजः शनिबार , श्रावण १२, २०८१

12 जना सेनाको जवानसितै सिक्किमको कोविड संक्रमितको संख्या पुग्यो 101


गान्तोक, 2 जुलाई । सिक्किममा 12 वटा कोविड 19 सङ्क्रमणको नयाँ मामिला प्रकाशमा आएको छ। यसरी कूल सङ्क्रमण सङ्ख्या 101 पुगेको छ। राज्य सरकारको स्वास्थ्य विभागका महानिर्देशक तथा सचिव डा. पेम्पा भोटियाले दैनिक हेल्थ बुलेटिनमा यसको जानकारी दिएका छन्। उनले बताएअनुसार 89औं सङ्क्रमित एकजना सिपाहीका 19 जना प्राइमेरी कन्ट्याक्सको जाँच गर्दा 12 जना कोविड 19 पोजिटिभ पाइएको हो। बाघडुग्राको सेनाको अस्पताल जुन सेनाको आधिकारिक कोविड हस्पिटल घोषित गरिएकोले सबै 13 जना सङ्क्रमितलाई उपचारको निम्ति बाघडुग्रा पठाइएको पनि उनले जानकारी गराएका।
उल्लेखनीय छ, यस अघि राज्यमा कूल सङ्क्रमण सङ्ख्या 89 थियो जसमध्ये 53 जना बिमारी निको भइसकेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!