Loading... आजः शनिबार , श्रावण १२, २०८१

छोरीलाई आत्मरक्षा तालिम किन ?


यहां नेपाल र भारतको कुरा संगसगैं गर्नुको कारण यो छ कि यी दुबै देश एक आपसमा सटेर रहेका यस्ता छिमेकी मुलुक हुन् जसको रोटीबेटीको सम्बन्ध त छदैंछ  । त्यसका साथै अधिकांश कुरा मिल्दाजुल्दा छन् जस्तै सामाजिक रितिरिवाज, धार्मिक परम्परा, रहनसहन, विवाह-व्रतबन्ध, व्यापार व्यवसाय, खाद्मान्न,लुगाकपडा, दैनिक उपभोग गरिने वस्तुहरु खरिद बिक्री गर्न पनि एक अर्का माथि निर्भर रहन्छन् । संक्षिप्तमा भन्ने हो भने सामाजिक आर्थिक, सांस्कृतिक, धार्मिक र राजनैतिक प्रभाव एक अर्कामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परेकै हुन्छ । अहिले अन्य कुरा बारे चर्चा नगरी हामी यहां बलात्कारका घटनाक्रम बढ्नुको कारण र रोक्ने उपाय बारे चर्चा गर्नेछौं ।

बेटी बचाओ बेटी पढाओ यो निकै लोकप्रिय र प्रख्यात नारा हो । तर के यो नारा समय सन्दर्भमा कतिको सार्थक छ । जब बलात्कार जस्ता घटना बढ्दोक्रममा छन् ।
यो नारा नेपाल र भारत दुबै देशमा प्रख्यात छ, बेटी बचाओ बेटी पढाओ सुन्दा र पढ्दा आहा क्या राम्रो विचार भन्न मन लाग्छ । तर यो नाराको पहिलो भागमा लेखिएछ ‘बेटी बचाओ’ अर्थात आफ्नो छोरीलाई पहिला बचाऊ जब बांचिहाल्छिन् अनि मात्र पढाउनु भन्न खोजिएको हो भन्ने बुझ्नुपर्छ ।

अब बचाउने कसले, किन र कसरी भन्दा यसको सार हो कि बलात्कारी नरभक्षी र यी पशुहरुबाट पहिला आफै आफ्नो छोरीबेटीलाई बचाऊ । किन भने यो लेखिएको छैन् कि बेटीलाई बचाउन सरकार र सरकारी निकायले कुनै सहयोग गर्ने छन् वा सरकारको साथ हुनेछन् । अब बेटीलाई कसरी बचाउने भन्दाखेरी अबदेखि अनिवार्य शिक्षाको साथै हरेक बेटीलाई आत्मरक्षाको तालिम (बाक्सिंग, जुडोकराते , ताइकन्दो आदि) अनिवार्य दिनुपर्छ ।

Insert your Ads code here

भारतको कुरा गर्ने हो भने हाथरसकी पीडिताले न्याय नपाउदैं दोस्रो बलात्कारको घटना बलरामपुर र तेस्रो घटना कानपुरमा घटेको समाचार आयो । नेपालमा बझांङपछि अर्को बलात्कारको घटना रौतहटमा घटेछ ।
यी घटना दोहोरिन नदिन कानून बनाउन विलम्ब छ भने बलात्कार विरुद्ध इस्लामले १४४२ वर्ष अघि बनाएको कानूनको पालना गर्दा नि हुन्छ ।
बलात्कारीलाई खुल्लामंचमा जनताले संगसार अर्थात पत्थरले तब सम्म हान्ने जब सम्म उसको मृत्यु हुदैंन् । यसो गरेर हेर्नुस् बलात्कारका घटनामा स्वतः कमी आउनेछ ।

इस्लामको धर्मग्रंथ कुरान आफै एक पुर्ण संविधान हो जसले बनाएका कानूनले एक पल्ट सजाय दिएपछि अर्को पल्ट त्यो अपराध गर्न मानिस डराउंछन् । अपराध बढ्नुको एउटा ठुलो कारण मानिसमा कानून र सजायको डर नहुनु हो
हामीले अब बलात्कार विरुद्ध कडा कानून बनाई अपराधीलाई जन अदालत मार्फत पीडिताहरुको त पक्षलाई न्याय र सन्तोष हुने गरी सजायको व्यवस्था गर्यौं भने अवश्य नै बलात्कार जस्ता घृणित अमानवीय घटना रोकिनेछन् ।

जब दिनको औसत सात बलात्कारका घटना घटिरहेछन् । बलात्कारका घटना दोहोरिनुको मुख्य कारण न्यायको नौ सींघ हो । यो न्यायको नौ सींघ पीडितलाई न्याय दिलाउनका लागि नभइ दोषी र अपराधीलाई जोगाउन उन्मुक्ति दिलाउनलाई प्रयोग गरिन्छ । बलात्कार जस्ता घृणित अपराधका घटनालाई सकभर घटना स्थलमै लेनदेनमा मिलाईन्छ । कदमकदाचित कसैले साहस गरी न्यायको लागि गुहार गर्न उजूरी दिन जादां कैयौं दिन सम्म उजूरी नै दर्ता गरिदैंन् । बल्ल तल्ल केही कसो गरी उजूरी दर्ता भइहाल्यो भने पनि न्याय नै पाईने हो भन्ने ग्यारेन्टी हुदैंन् । उल्टा महिलालाई चरित्रहीन साबित गर्ने हर सम्भव प्रयास गरिन्छ । अन्तमा महिलालाई नै दोषी ठहराई बलात्कारीलाई ससम्मान छाडिन्छ । हाल सम्म कुनै पनि बलात्कारको घटनामा दोषीले न्यायोचित दण्ड पाएको नजीर छैन् ।

दिनदिनै बलात्कार जस्तो जघन्य अपराधको समाचार आउंछ मान्छे पढ्छन् एक छिन चिया पसलमा बसेर बलात्कारीलाई छिःछिः दुरदुर र तथानाम गाली गर्छन् र पीडितप्रति संवेदना व्यक्त गर्छन् । चिया सकिन्छ चियागफ सकिन्छ सबै आ आफ्नो बाटो लाग्छन् । अर्को पटक फेरी घटनाको समाचार आउदां पनि त्यही क्रम दोहोरिन्छ फेरी केही दिनमै सेलाएर जान्छ । एउटा घटना सेलाउन नपाउदैं अर्को घटना दोहोरिन्छ । तर घटना पछि न पीडितले न्याय पाउछिंन् न दोषीले सजाय । बरु कयौं मानिस त यस्ता पनि हुन्छन् जसले भन्छन् कि महिलाकै गल्ती रह्यो होला, उसले अर्धवस्त्र लगाएर हिडिकोहोलिन्, उत्ताउली भए होलिन् वा एक्लै अबेर रातिमा हिडि होलिन्, शोशल मीडियामा दिनरात आनलाईन बस्थिहोलिन् अबेर राति सम्म च्याट र गफ गर्थिहोलिन् ।
यो कस्तो समाज बनिसकेछ कि जहां नियत पुरुषको खराब हुने तर घुम्टो महिलाले ओढ्नु पर्ने , आंखा पुरुषले लाउने  तर लाज महिलाले छोप्नु पर्ने , नियतमा खोट पुरुषको हुने तर आवश्यक कामले पनि राति महिलाले हिड्न नहुने , विश्वासघात पुरुषले गर्ने र दोषीपीडित महिला हुनु पर्ने  पीडितमाथि नै दोषारोपण गरिन्छ यही नै चलन छ ।

यदि सुकिलो लुगा लगाउने , राति आवश्यक कामले निस्किने , शोशलमीडियमा आनलाईन रहने महिला मात्र बलात्कार हुने दोषी हुन् भने दूधमुखे दुई महिना देखि छ महिना कि बालिका  र साठी भन्दा माथिकी वृद्धाआमा बलात्कृत हुनुको कारण के ? राति असुक्षित ढंगले हिड्दा बलात्कार हुन्छ भन्नेहरुसंग एउटा प्रश्न कि सुरक्षाका जिम्मेवारहरुको बीच आफु नि सुरक्षा दस्ताको हिस्सा हुदांहुदैं व्यारेक भित्र महिला बलात्कृत हुनुको कारण के? खेतमा काम गर्दा होस् वा घांस दाउराका लागि जंगल मात्रको के कुरा गर्ने आफ्नै घरमा नि महिला सुरक्षित हुदैनिन् आफ्नै घरभित्र परिवार कै सदस्य ससुरा, बुवा आदि बाट बलात्कृत हुनुको कारण के? वैवाहिक समारोह बीच पनि महिला र बालिका बलात्कृत भएका कैयौं घटना सुनिएकै हो । महिलाको मात्र के कुरा गर्ने पुरुष समेत बलात्कृत हुनुको कारण के? यहां त महिला पुरुष मात्र नभइ तेस्रोलिंगी समेत बलात्कृत भएका छन् त्यसको कारण के? मानवजाति लाई छाडौं जनावरलाई समेत छाड्दैन्न् जनावरको बलात्कार हुनुको पछाडि कारण के?

यो घटनाक्रम यही रोकिदैंन् अझ् राजनीतिकर्मी र संचारकर्मी महिलाका लागि बेग्लै चुनौती छ । तर एउटी सामान्य महिला आफ्नो परिवार पाल्न कतै नोकरी गर्न जान्छिन् भने त्यहां पुरुष सहकर्मीहरुद्वारा पटक पटक यौनदुर्व्यवहारको सिकार हुनुपर्छ । शिक्षक त भगवानका अवतार हुन्छन् जसले अरुलाई सभ्य समाज बनाउन शिक्षा दिन्छन् ज्ञान दिन्छन् तर तिनैबाट बालिका विद्मार्थी विद्मालय जस्तो पवित्र स्थल बलात्कृत हुन्छिन् ।अझ सार्वजनिक स्थलमा महिलाहरुले दिनहुं भोग्नु पर्ने यौनहिंसा र यौनदुर्व्यहारका त कुरै न गरे हुन्छ कति हो कति । डाक्टर जो बिरामीलाई जीवनदान दिन्छन् जसलाई मसीहा भनिन्छ तिनले महिला बिरामीलाई गर्ने गलत व्यवहार बारे खबर आएकै हुन्छन् ।

अब हामी निर्मलाकै घटनाको कुरा गरौं भने सम्बन्धित निकायले अहिले सम्म वास्तविक दोषी पत्ता लगाउन सकेन् । निर्मलाको घटना पछि पनि कैयन बलात्कारका घटना घटिसके जसमा न त दोषीले सजाय पाए न पीडितले न्याय । ऐसिड अट्याक गर्ने माथि कडा कानून बनाउन सक्ने सरकारले बलात्कार जस्तो जघन्य र घृणित अपराध विरुद्ध किन कडा कानून बनाउन सकेन् ।

यहां सबै पक्ष बारे चर्चा गरिन्छ सबै भन्नाले सबै पक्ष अर्थात महिलाका पक्षमा वकालत गर्ने संघसंस्थाहरु, सुरक्षा निकाय , राजनीतिक दल , जन समुदाय, नागरिक समाज, पत्रकार, अदालत  र सरकार आदि ।

अहिले सम्म हुने गरेका

निरन्तर बलात्कारका घटना दोहोरिरहदां पनि महिला अधिकारका कुरा जोडसोरले उठान गर्ने महिलाकै नाममा करौडौं बजेट पचाउने संघसंस्थाहरुले बलात्कार विरुद्ध किन सडक देखि सदन तताउन सकेन्न् यो महत्त्वपूर्ण कुराले ध्यानाकर्षण गर्छ । त्यसै गरी सुरक्षा निकायले बलात्कार विरुद्ध जाहेरी दर्ता सहजै किन गर्दैन्। जबकि वैवाहिक बलात्कारका घटना त तुरुन्त दर्ता गरेको अनेक उदाहरण छन् । राजनीतिक दलले पीडतलाई न्याय दिलाउनको सट्टा दोषीलाई निर्दोष साबित गर्न हर सम्भव प्रयास गर्छन् । जन समुदायको कुरा गरौं भने यो तठस्त बस्ने र मुखदर्शक भइ देख्ने काम मात्र गर्छ किन भने अर्काको झमेलामा किन पर्ने सोच जन जन को मन मन जडो गाडेको छ । नागरिक समाज पनि तिनै मुद्दा उठाउछं जसमा जोखिम बिना प्रचार प्रसार बढी होस् । अब पत्रकारको कुरा गरौं भने तिनले आफ्नो जिम्मेवारी बलात्कार बारे खबर साझा गर्ने सम्म मात्र ठान्दछन् । दोषीले सजाय पायो पीडितले न्याय पाएकि पाएन्न् भन्ने कुराको कुनै पुनरावृत्ति र पुर्नावलोकन गरिदैन्  घटना पछाडि के भयो भन्ने कुनै फ्लोअप गरिदैंन् । अदालतले प्रमाणको भरमा फैसला सुनाउने काम गर्छ एक पीडित स्वयं प्रमाण स्वरूप उभिरहदां पनि अदालतले देख्दैन् । त्यस कारण अधिकांश पीडितहरु न्याय माग्न अदालत जादैंन्न् कोही कसैले हिम्मत गरी अदालत सम्म गइहाले भने न्याय दिनुको सट्टा बरु अदालत भित्र त्यही पीडितलाई विभिन्न लाक्षना लगाई चरित्रहीन साबित गरिन्छ । सरकारको कुरा के गरौं जसले एसिड अट्याक बारे त कानून बनाउन सफल भयो धन्यवाद छ त्यसका लागि । तर दैनिक औसतन सात बलात्कारका घटना घटिरहने घृणित जघन्य अपराधका विरुद्ध अझै कडा कानून बनाउन सकेछैन् । हामीले सबै पक्षबारे चर्चा गर्यौं ।

अब गर्नु पर्ने

महिलाका पक्षमा वकालत गर्ने संघसंस्थाहरुले बलात्कार विरुद्ध कडा कानून बनाउन सडक देखि सदन सम्म तताउन आफ्नो भुमिका निर्वाह गरिनुपर्छ ।  सुरक्षा निकायले स्वतंत्र र निष्पक्ष छानबीन सहित दोषी सार्वजनिक गर्न आफ्नो भुमिका निर्वाह गरिनुपर्छ । राजनीतिक दलले कानून बनाउन जोड दिनुपर्छ । जन समुदायले अब यस्ता घटनालाई लुकाएर वा सामान्य लेनदेनमा मिलापत्र गराउनु हुदैंन् ।  नागरिक समाज यस विषयमा सार्वजनिक बहस आयोजन गरिनुपर्छ । पत्रकारहरुले घटनाको फ्लोअप सहितको जानकारी मुद्दाको फैसला बारे पनि खबर साझा गरिनुपर्छ । अदालतले अपराधको प्रकृति अनुसार दोषीलाई सजाय र पीडितलाई निष्पक्ष रुपमा न्यायोचित फैसला सुनाउनुपर्छ ।

सरकारले बलात्कार विरुद्ध कडा कानून बनाई नजीर कायम गर्नुपर्छ जसरी हासरुन इद्रीसीको घटनालाई नजीर बनाई घरेलुहिंसा ऐन २०६६ ल्यायो त्यसरी नै निर्मला लगायतका पीडितहरुलाई न्याय हुने गरी बलात्कार विरुद्ध कानून बनाइ नजीर कायम गरिनुपर्छ । यदि सबैले आफ्नो जिम्मेवारी अक्षरशः पुरा गरिदिए । यस्ता जघन्य र घृणित अपराध अवश्य रोकिनेछ । हामीले यो बुझ्न र मनन गर्न आवश्यक छ कि यस्ता घृणित मानसिकताका अपराधी कसैको आफ्नो हुदैंन्न् आज तपाईले उन्मुक्ती दिलाउनु भयो भोलि मौका पायो भने तपाईकै छोरीचेलीमाथि आइलाग्छ । त्यस कारण यस्ता अपराधलाई जरै देखि उखेलेर फाल्न हामी सबैको साझा दायित्व हो भनी यस विरुद्ध एकजुट भइ लाग्नुपर्छ । पीडितलाई न्याय र दोषीलाई सजाय दिलाउन देशमा शुशासन कायम गर्न र दण्डहीनतालाई अन्त्य गर्न गराउन आ आफ्नो स्तरबाट पहल गर्नुपर्छ ।

तर जब सम्म कानून बन्दैन् तब सम्म हातमाथि हात राखेर बस्नु भएन बरु आफ्नो छोरीहरुलाई शिक्षाका साथै आत्मरक्षाको तालिम अनिवार्य दिलाउनुहोस् । छोरीहरु कोमल हुन्छन् तर कमजोर हुदैंन् भनी पाठ सिकाउनुहोस् । आफ्नो अस्मिताको रक्षा स्वयं गर्नका लागि आजको समयमा छोरीहरुलाई आत्मरक्षाको तालिम नितान्त आवश्यक भइसकेको छ ।

Source: Nepalgunjnews

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!